नाटक ‘सिरुमारानी’
भोटेओडारमा ‘पानीघट्ट’ हाउसफुल

श्यामशितल परियार लमजुङ–
लमजुङको भोटेओडारमा पहिलोचोटी ‘थिएटर’मै नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार र शनिबार गरी दुईदिनसम्म नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको हो ।
ग्रामिण परिवेश समेटिएको नाटक ‘पानीघट्ट’लाई धेरैले रुचाएका छन् । मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुती रहेको नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल हुन् । लमजुङको सँस्कृति लोपान्मुख ठाडोभाका, वैदेशिक रोजगारले निम्त्याएका विभिन्न समस्या, संकटको संघारमै पुग्न लागेको ‘पानीघट्ट’को महत्वलाई नाटकमा उतार्ने प्रयास गरिएको लम्सालले बताए।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)

२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा धेरै काम गर्न सक्ने हुँदा हात बाँधेर र चुलो चौकामा मात्रै सिमिन नहुन महिलाहरुलाई आग्रग गर्दै तामाङले भन्नु भयो, हामीले पाएको अधिकारको सुनिश्चितताको निम्ति पनि हामी महिलाहरु एक हुन पर्ने छ ।
तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण

म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा जेष्ठ १८ गते मीन मा.बि. थर्पु र राधा मा.बि. जामुने तनहुँमा आदि ईत्यादी समुहको प्रस्तुति नाटककार पुरु लम्सालको लेखन निर्देशन रहेको नाटक “संकल्प” मन्चन भयो । जेष्ठ १९र २० गते दुई दिने अभिनय नाट्य प्रशिक्षण कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.बि. को सभाहल मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का प्राज्ञ सभा सदस्य तथा युवा नाटककार पुरु लम्साल प्रमुख प्रशिक्षण मा जेठ २० गते शनिबार जनगणपति मा बि मा सम्पन्न भएकोउक्त कार्यक्रम को अध्यक्षता म्यादे गा.पा. का अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता साथै म्याग्दे- का वार्ड अध्यक्ष टुकराज अधिकारी को बिशिस्ट अतिथि रहनु भएको थियो। कार्यक्रम को संचालन म्याग्दे गा पा शिक्षा शाखा मा कार्यरत महेश भट्टराई ले गर्नु भएको थियो। म्याग्दे गा पा अन्तरगत का ८ सामुदायिक बिधालय बाट २४ जना छात्र छात्रा प्रशिक्षार्थीको रुपमा उपस्थित रहेका थिए। पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शन रहेको नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थिय
मिलापत्र प्रदर्शन फाेटाे फिचर

२४ फागनु, २०७८
दाेरम्बा, रामेछाप ।
आदिइत्यादिको प्रस्तुति तथा दोरम्बा शैलुङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रमा सामुदायीक विद्यालयहरुमा जनचेतना मूलक सडकनाटक मिलापत्र प्रदर्शन भएको छ ।
नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी […]
ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् ।