मैनालीको कथा कर्तव्य मञ्चमा

काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई प्राज्ञ […]
आदिइत्यादिकाे सहयोगमा पुस्तकालय

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा […]