गतिविधी

आदिइत्यादि नाट्य समूहका गतिविधिहरू

“नेपाली रङ्गमञ्चमा नेपाली नाटक”भन्ने उद्घोषका साथ पुरु लम्सालको नेतृत्वमा वि.सं. २०६६ फागुनमा आदिइत्यादिको स्थापना भएको हो। यस समूह यथार्थवादी रङ्गकर्मको सम्बर्द्धन र प्रबर्द्धनमा प्रतिबद्ध छ र स्थापनाकालदेखि नै निरन्तर नेपाली नाटकका क्षेत्रमै क्रियाशील छ।

१. वि.सं. २०६६

  • सडक नाटक: फेरि यस्तो नहोस
    • पुरु लम्सालको लेखन र निर्देशनमा चेतनामूलक सडक नाटक गोरखा, तनहुँ र धादिङमा मञ्चन भयो।
    • कलाकारहरू: पुरु लम्साल, जीवन बराल, दुर्गा विश्वकर्मा, मञ्जु गिरी, रोशन बुढाथोकी, सरोज पन्त।
  • रेडियो नाटक: तिजको लहर
    • रेडियो नेपालसँगको सहकार्यमा चेतनामूलक रेडियो नाटकको रेकर्डिङ् र प्रसारण गरियो।
    • कलाकारहरू: पुरु लम्साल, जीवन बराल, दुर्गा विश्वकर्मा, गङ्गाप्रसाद तिवारी, प्रकेश सिन्धुलीय, मञ्जु गिरी लगायत।

२. वि.सं. २०६७

  • रेडियो नाटक: खाने मुखलाई जुङ्गाले छेक्दैन
    • रेडियो नेपालसँगको सहकार्यमा यसको ५२ शृङ्खला तयार गरेर प्रसारण गरियो।
    • कलाकारहरू: कमल गाउँले, लूनिभा तुलाधर, जेबी रुवाली, पुरु लम्साल, सरस्वती चौधरी, मञ्जु गिरी, जीवन बराल, दुर्गा विश्वकर्मा लगायत।

नाटक प्रदर्शन: “ठूलीका सपनाहरु” सङ्ग्रहबाट अनि विद्रोह हुन्छको दृश्य मञ्चन

  • पुरु लम्सालको नाटकसङ्ग्रह ठूलीका सपनाहरु को विमोचन समारोहको अवसरमा सङ्ग्रहभित्रको नाटक अनि विद्रोह हुन्छ को केही दृश्य मञ्चन गरियो।
  • स्थान: नेपाल ल क्याम्पस, भृकुटी मण्डप।
  • निर्देशन: विकास तिवारी।
  • कलाकारहरू: कमलराज अधिकारी, मञ्जु गिरी, दुर्गा बराइली, बृहष सुनुवार, शिवु विक।

 

३. वि.सं. २०६८

  • कविता मञ्चन: हायूनी बूढी
    • कविता मञ्चनको शैलीलाई महत्त्व दिई कवितालाई नाटकीय स्वरूपमा रूपान्तरण गरी सर्वनाम थिएटर कालिकास्थानमा मञ्चन गरियो।
    • लेखन: कवि प्रोल्लास सिन्धुलीय।
    • परिकल्पना तथा निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: लूनिभा तुलाधर र पुरु लम्साल।
  • कविता मञ्चन: शालिकहरुको देश
    • बाबु त्रिपाठीको शालिकहरुको देश शीर्षकको कविता नेपाल प्रज्ञाप्रतिष्ठानमा मञ्चन भयो।
    • परिकल्पना तथा निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: पुरु लम्साल, कमला आँसु, विमला चिमोरिया, उदिपराज ढुङ्गाना, केशवराज निश्चल लगायत।
  • कविता मञ्चन: गीतै गीतको गाउँ
    • कवि हेम प्रभाषको कविता काठमाण्डौमा मञ्चन भयो।
    • परिकल्पना तथा निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: हेमप्रभास, प्रगन्ना सिन्धुलीय।

४. वि.सं. २०६९

  • कविता मञ्चन: क्षमायाचना
    • कवि प्रोल्लास सिन्धुलीयको कविता चितवनमा मञ्चन भयो।
    • निर्देशन तथा परिकल्पना: पुरु लम्साल।
    • कलाकारहरू: पुरु लम्साल र प्रगन्ना सिन्धुलीय।

५. वि.सं. २०७१

  • वृत्तचित्र निर्माण: अनि हरिभक्त फर्किएनन्
    • कवि तथा गीतकार हरिभक्त कटुवालको जीवनीमा आधारित यो वृत्तचित्र निर्माण गरी दृश्य सामग्री निमार्णको परम्परा सुरुवात गरियो।
    • लेखन: प्रोल्लास सिन्धुलीय।
    • निर्माण तथा निर्देशन: पुरु लम्साल।
    • आवाज: कवि नवराज लम्साल।
    • छायाकार: जयराम थापा।

६. वि.सं. २०७३

  • नाटक: अमर मातृत्व
    • जेठ १० गतेदेखि जेठ १५ गतेसम्म सर्वनाम थिएटरमा तारानिधी भट्टराईको नाटक मञ्चन भयो।
    • परिकल्पना तथा निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: विष्णुभक्त फुँयाल, मिश्री थापा, लक्ष्मण विक्रम बस्नेत, विनोद मानन्धर, लुनिभा तुलाधर, अशोक थापा, सरिता शाह, सुवास प्याकुरेल, राज भट्टराई लगायत।
  • नाटक: शून्य डिग्री
    • प्रोल्लास सिन्धुलीयको उपन्यासको नाट्य रूपान्तरणमा सर्वनाम थिएटर काठमाण्डौमा मञ्चन भयो।
    • परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: सुजीता अधिकारी, मिना पूर्णिमा, नितान्त दहाल, सुदर्शन अर्याल लगायत।
  • नाटक: फड्के
    • माघ २९ देखि फागुन १ गतेसम्म मञ्जरी नाट्य समूहसँगको सहकार्यमा मञ्चन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: केदार बोहोरा, सञ्जोग लामिछाने, भरत राना, शान्ति श्रेष्ठ, नरमाया तामाङ लगायत।

७. वि.सं. २०७४

  • नाटक: पानीघट्ट
    • माघ १८ देखि २० सम्म मञ्जरी नाट्य समूह लमजुङसँगको सहकार्यमा मञ्चन गरियो।
    • कलाकारहरू: विप्लव बोहरा, विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ लगायत।
  • कविता मञ्चन (शीर्षक उल्लेख छैन)
    • असार १८ गते प्रसिद्ध कवि तथा गीतकार हरिभक्त कटुवालको जन्मदिवसको अवसरमा काठमाण्डौमा उहाँले लेख्नु भएका कविताहरूलाई जोडेर एउटा विशेष कार्यक्रममा नाटक प्रदर्शन गरियो।
    • परिकल्पना र निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: केदार बोहोरा, आकाङ्क्षा जिसी, इन्द्र चौधरी, सबु लामा, सिर्जना सुवेदी लगायत।
  • नाटक: पानीघट्ट
    • चैत्र २८ गते सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा गन्दर्भ थिएटरमा प्रदर्शन भयो।
    • यो मञ्जरी नाट्य समूह लमजुङ र आदिइत्यादिको संयुक्त प्रस्तुति थियो।

८. वि.सं. २०७५

  • नाटक: पानीघट्ट
    • जेठ २५ र २६ गते सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा अवस्थित भक्ति नमूना मा.वि.को सभाहलमा मञ्चन भयो।
    • निर्देशन: पुरु लम्साल।
  • अन्तर्राष्ट्रिय प्रदर्शन: पानीघट्ट
    • सन् २०१८ फेब्रुअरी २३–२५ (फागुन ११–१३) सम्म रवीन्द्र नगर नाट्ययुद्धको आयोजनामा कलकत्ता, भारतमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा प्रदर्शन भयो।
    • निर्देशन: पुरु लम्साल।
  • चेतनामूलक नाटक: विरुद्धमा
    • आश्विन ६ गते गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको आयोजना र आदिइत्यादिको प्रस्तुतिमा एसियाकै लामो दावी गएिको गुफा सिद्ध गुफामा महिला हिंसासम्बन्धी चेतना नाटक प्रदर्शन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: सुशीलसिंह ठकुरी, रीता थापा, अनन्तप्रकाश श्रेष्ठ लगायत।
  • नाटक: नौगेडी
    • असोज २० गते काठमाण्डौमा मञ्चन भयो।
    • निर्देशन: पुरु लम्साल।
    • कलाकारहरू: जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, पवित्रा खड्का, डा. अशोक थापा लगायत।
  • अन्तर्राष्ट्रिय प्रदर्शन: नौगेडी
    • सन् २०१८ अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालका तर्फबाट छनौट भएर भूमिज थिएटरको हलमा मञ्चन भयो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।
  • नाटक: नौगेडी
    • फागुन २३ देखि २८ सम्म सांस्कृतिक संस्थानको आयोजनामा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भयो।
    • संयुक्त प्रस्तुति: मञ्जरी नाट्यसमूह लमजुङ र आदिइत्यादि।
  • जनचेतनामूलक नाटक: होम स्टे
    • चैत्र ३० गते गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँको आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदी रम्घामा मञ्चन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।

९. वि.सं. २०७६

  • चेतनामूलक नाटक: नयाँमीत
    • जेठ १२ गतेदेखि १६ गतेसम्म नुवाकोटको पञ्चकन्या गाउँपालिकामा अवस्थित सामुदायिक माध्यामिक विद्यालयमा प्रदर्शन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।
  • चेतनामूलक नाटक: टाँकीको फूल
    • जेठ २५ गते देखि ३० गतेसम्म दोरम्बा गाउँपालिका रामेछापमा प्रदर्शन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।
  • नाटक: नौगेडी
    • भाद्र २७ गते देखि असोज १२ गतेसम्म सर्वनाम थिएटर कालिकास्थानमा नियमित प्रदर्शन गरियो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।
    • यस प्रदर्शनमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय हितबहादुर तामाङ्लगायत अन्य विशिष्ट महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
  • अन्तर्राष्ट्रिय प्रदर्शन: देउकाशी
    • सन् २०१९ डिसेम्बर २६ देखि ३१ सम्म बङ्गलादेशको बरिसालमा आयोजित शब्दबोली अन्तर्राष्ट्रिय नाटक महोत्सवमा डिसेम्बर ३० मा दुई सो मञ्चन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।

१०. वि.सं. २०७७

  • चेतनामूलक नाटक: चुरोकुरो
    • पुष २६ देखि माघ ३ गतेसम्म दोरम्बा गाउँपालिका रामेछापको आयोजनामा मञ्चन भयो।
    • लेखन र निर्देशन: पुरु लम्साल।

११. वि.सं. २०७८

  • नाटक: मिलापत्र
    • फागुन १८ देखि २५ सम्म दोरम्बा गाउँपालिका रामेछापकाे आयोजनामा मञ्चन भयो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।
  • नाटक: छिनोफानो
    • चैत्र ६ देखि १० सम्म पञ्चकन्या गाउँपालिका नुवाकोटकाे आयोजनामा प्रदर्शन भयो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।

१२. वि.सं. २०७९

  • साहित्य उत्सव सहभागिता
    • सन् २०२२ मा अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव, भारतमा उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजना र आदिइत्यादि समूहको संयोजनमा पुरु लम्सालसहित सात जना नेपाली लेखकहरूले सहभागिता जनाएका थिए।
  • नाटक: जुनकिरी
    • पुस १७ गतेदेखि २१ गतेसम्म खानीखोला गाउँपालिकामा प्रदर्शन गरियो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।
  • सडक नाटक: सचेत बनौँ
    • फागुन २४ गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा प्रदर्शन गरियो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।

१३. वि.सं. २०८०

  • चेतनामूलक सडक नाटक: सङ्कल्प
    • जेठ ७ गतेबाट १० गतेसम्म पञ्चकन्या गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा मञ्चन गरियो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।
  • नाटक: सङ्कल्प
    • जेष्ठ १८ गते म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा मीन मा.वि. थर्पु र राधा मा.वि. जामुने तनहुँमा मञ्चन भयो।
    • लेखन निर्देशन: नाटककार पुरु लम्साल।
  • अभिनय नाट्य प्रशिक्षण कार्यशाला
    • जेष्ठ १९ र २० गते दुई दिने कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.वि. को सभाहलमा सम्पन्न भयो।
    • प्रमुख प्रशिक्षक: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् आदिइत्यादिका अध्यक्ष पुरु लम्साल।
  • नाटक: जुनकिरी
    • असार ३ गतेदेखि ७ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा प्रदर्शन गरियो।
    • लेखन तथा निर्देशन: पुरु लम्साल।

१४. वि.सं. २०८१

  • सांस्कृतिक नाटक: नाम्गेलको गाउँ
    • मिति: जेठ २३ गते।
    • स्थान/आयोजक: सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान (नाट्य विभाग) को सहकार्यमा मञ्चन गरिएको थियो।
    • अवधारणा: पुरु लम्साल।
    • लेखन: विष्णु मोक्तान।
    • निर्देशन: सुशीलसिंह ठकुरी।
    • संयोजन: आदिइत्यादि नाट्य समूह।
    • कलाकारहरू: सगुन तामाङ, रामभजन कामत, सुशीला थापा, सानुमाया तामाङ, सन्तोष तामाङ बान्बो, उमाकान्त सापकोटा, अन्जु खड्का, रिजेश तामाङ, निशान चौलागाईँ, सविता तामाङ, निर्जला लम्साल लगायत।

१५. वि.सं. २०८२

  • अभिनय कार्यशाला
    • जेठ ११ गते, आइतबार: श्री महेन्द्र नमुना मा.वि., चतुराले, ककनी गाउँपालिका वडा नं. ७, नुवाकोट। (सहभागी: २२ जना, प्रशिक्षकहरू: प्राज्ञ पुरु लम्साल र रङ्गकर्मी दिवाकर घिमिरे)।
    • जेठ १२ गते, सोमबार: श्री कालिका मा.वि., वडा नं. ४, सूर्यगढी गाउँपालिका, नुवाकोट। (सहभागी: २८ जना विद्यार्थी, उद्देश्य: नाट्य विधामा रुचि राख्ने विद्यार्थीहरूलाई आधारभूत ज्ञान र सीप सिकाउने)।
    • जेठ १३ गते, मङ्गलबार: श्री नीलकण्ठ मा.वि., बोगटीटार, उत्तरगया गाउँपालिका वडा नं. ६, रसुवा जिल्ला। (सहभागी: २५ जना, प्रशिक्षकहरू: प्राज्ञ पुरु लम्साल र रङ्गकर्मी दिवाकर घिमिरे)।
    • जेठ १४ गते, बुधबार: श्री सेतिभूमे मा.वि., राम्चे, कालिका गाउँपालिका वडा नं. १, रसुवा जिल्ला। (सहभागी: २५ जना, प्रशिक्षकहरू: प्राज्ञ पुरु लम्साल र रङ्गकर्मी दिवाकर घिमिरे)।
  • अभिनय सम्बन्धी कार्यशाला समापन
    • मिति: असार १५ गते आइतबार (१५ दिने कार्यशाला समापन)।
    • स्थान: श्री फिक्कल नमुना मा.वि., काठमाडौँ।
    • सहकार्य: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान।
    • आयोजना: राईटर्स इन्टरनेशनल ग्लोबल कमिटी।
    • संयोजन: आदिइत्यादि नाट्य समूह।
    • प्रमुख प्रशिक्षक: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य पुरू लम्साल।
    • विशेष: समापन समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
  • नाटक: कर्तब्य
    • आदिइत्यादि र मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) को संयुक्त प्रस्तुति स्वरूप गुरुप्रसाद मैनालीको कथामा आधारित यो नाटक काठमाडौंको रातोपुलमा नियमित मञ्चन भइरहेको।
    • नाट्य रूपान्तरण: पुरु लम्साल।
    • परिकल्पना तथा निर्देशन: पुष्पराज अवस्थी।
    • कलाकारहरू: रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुन हाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ।