बेंसीशहरमा फड्के

नेपाल समाचारपत्र लमजुङ परिवारको खुसीका लागि गाउँले जीवनमा गरिने मर्मस्पर्सी घटनाक्रम तथा भावना समेटेर तयार पारिएको नाटक फड्के जिल्ला सदरमुकाम बेंसीशहरमा मञ्चन गरिएको छ। लमजुङमा नवस्थापित एकमात्र मञ्जरी नाट्य समूहद्वारा मञ्चन गरिएको नाटक हेर्न हल दर्शकले खचाखच भरिएको थियो। गाउँले जीवनको परिवेशलाई आँशु र हाँसोको संगम बनाएर नाटकलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ। वियोगान्तक कथामा […]

समाज र संस्कृति जोड्न ‘फड्के’

लमजुङ । गाउँमा विकासकोे गति धिमा छ । समस्या एकातिर, परिस्थिती अर्कोतिर । चेतनाको स्तर उठ्न सकेको छैन । र पनि समाजमा धेरै प्रयासहरु भएका छन । जसोतसो मानिसहरुको जीवन चलिरहेको छ । समाजमा अनेक प्रकारका संस्कृति र परम्पराहरु छन, तर रङ्गमञ्चमा आउन सकेका छन । त्यही समाज र त्यहाँको संस्कृतिलाई जोड्दैछ नाटक फड्केले । […]

‘फड्के’ पछि ‘पानीघट्ट’

लमजुङ — गतवर्ष मञ्चन गरिएको ‘फड्के’ ले राम्रै प्रशंसा बटुलेको थियो । त्यसबाट हौसिएका निर्देशक पुरु लम्सालले यसपटक ‘पानीघट्ट’ देखाउने तयारीमा छन् । त्यसै पनि लमजुङमा निकै कम नाटक मञ्चन हुन्छन् । गएको माघ अन्तिम साता जिल्ला समन्वय समितिको सभाहलमा मञ्जरी नाट्य समूहले ‘फड्के’ मञ्चन गर्दा दर्शक ओइरिएका थिए । यसपटक दोस्रो प्रस्तुति मंसिर अन्तिम साता मञ्चन गर्ने गरी […]

लम्सालको ‘पानीघट्ट’ कोलकातामा

नाटककार पुरु लम्सालले लेखन तथा निर्देशन गरेको नाटक ‘पानीघट्ट’ कोलकातामा शनिबार मञ्चन गरिएको छ । लमजुङको ग्रामीण क्षेत्रको विषयमा आधारित रहेर तयार पारिएको नाटकमा पानीघट्ट र ठाडोभाकालाई कलात्मक रूपमा समेटिएको छ । पानीघट्ट र ठाडोभाकाका बारेमा समेत यसले प्रशस्तै जानकारी दिन्छ । नाटक हेरिसकेपछि दर्शकले नेपाली मौलिक संस्कृति र अहिलेको सामाजिक अवस्थालाई यथार्थ ढंगले नाटकमा […]

पानीघट्ट पोखरामा पनि

लमजुङको परिवेशलाई लिएर तयार पारिएको नाटक ‘पानीघट्ट’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा मञ्चनका लागि छनोटमा परेको छ । पुरु लम्सालद्वारा लिखित/निर्देशित नाटक चैत्र १३ गते साझ ५ बजे पाेखरा थियटर, गैह्रापाटन पाेखरामा मञ्चन हुने भएको हो  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत ८ देखि १४ […]