असार १८ २०७४
हरिभक्त कटुवाल नेपाली गीत र कविता लेखनका एक मूर्धन्य व्यक्ति हुन्। जब उनी बिते, उनका सिर्जनाहरूमा खोज अनुसन्धानहरू भएनन्। जति आए, ती सबै व्यक्तिगत सम्बन्ध र व्यक्तिगत खराब आचरणका पक्षबाट मात्र आए। उनको व्यक्तिगत आचरणले मात्र उनी बाँचेका होइनन्। उनी नेपाली साहित्यमा बाँच्नुको मुख्य कारण नै उनका सिर्जना हुन्। तर विडम्बना, उनको सिर्जनाको पक्षमा कसैले पनि आवाज उठाउने हिम्मत गरेनन्।
उनै कवि तथा गितकार हरिभक्त कटुवालकाे ८२अाैँ जन्मदिन असार १८ गते सर्वनाममा भब्यताका साथ मनाइयाे । कार्यक्रममा बरिष्ठ सङ्गीत साधक दीपक जङ्गमले हरिभक्त सङ्गीतकाे मर्म बुझेर कम्पाेजमा गीत लेख्न सक्ने गीतकार भएकाे बताउनु भयाे । उहाँले भन्नु भयाे मैले अाजसम्म कम्पाेमा डुबेर शब्द लेख्न सक्ने गीतकार हरिभक्त बाहेक भेटेकाे छैन ।
कार्यक्रममा हरिभक्तका गीतमाथी डा नवराज लम्साल, कवितामाथी महेश पाैड्याल र नाटकमाथी डा अशाेक थापाले समिक्षा गर्नु भएकाे थियाे ।
अादिइत्यादिका कलाकारहरुले हरिभक्तका कवितामाथी मनछुने अभिनय प्रस्तुत गरेका थिए । कवितालाई नाट्य रुपान्तरण तथा निर्देशन पुरु लम्सालले गरेका थिए ।
२०७२ सालबाट कार्यक्रम हरेक बर्ष असार १८ गते हरिभक्त कटुवालकाे जन्मदिवसकाे कार्यक्रम सर्वनामसँगकाे सहकार्यमा अादिइत्यादिले गर्दै अाएकाे छ ।
कविता मञ्चनकाे भिडियाे
https://www.youtube.com/watch?v=U3sg-3Or9vg