बारम्बार सोधिने प्रश्नहरू

आदिइत्यादि के हो ?

आदिइत्यादि एउटा नाट्य समूह हो जसले नेपाली समाज, संस्कृति र साहित्यलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ । हामी भाषा, नाटक, नृत्य, कविता, सङ्गीत,शिक्षा, पर्यटनका क्षेत्रमा काम गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छौं ।

आदिइत्यादि कहाँ अवस्थित छ ?

हाम्रो मुख्य कार्यालय काठमाडौं–२८, होटल स्नो लाइन बिल्डिङ, बागबजार, काठमाडौं, नेपालमा अवस्थित छ ।

आदिइत्यादिका मुख्य कार्यक्रमहरू के–के हुन् ?

हामी नियमित रूपमा नाटक प्रदर्शन, साहित्यिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम , कार्यशाला (workshop), र अन्तर्राष्ट्रिय सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्छौं ।

आदिइत्यादिकाे सदस्य बन्न के प्रक्रिया छ ?

रुचि भएका कलाकार, लेखक, नर्तक, वा सांस्कृतिककर्मीहरूले आवेदन फारम भरेर वा इमेल पठाएर सदस्यता आवेदन दिन सक्नुहुन्छ । चयन प्रक्रिया कार्यक्रम अनुसार फरक पर्न सक्छ ।

आदिइत्यादिका आगामी कार्यक्रमहरूको जानकारी कसरी पाउन सकिन्छ ?

हाम्रो वेबसाइटको “Events” वा “News & Updates” खण्डमा नयाँ कार्यक्रमहरूको जानकारी नियमित रूपमा प्रकाशित गरिन्छ । साथै, तपाईंले हाम्रो Facebook वा Instagram पेज पनि फलो गर्न सक्नुहुन्छ ।

के आदिइत्यादि अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुन्छ ?

हो, हामी अन्तर्राष्ट्रिय सांस्कृतिक र नाट्य कार्यक्रममा सहभागिता जनाउँदै नेपाललाई विश्व रंगमञ्चमा चिनाउने प्रयास गर्छौं ।