लमजुङ, २१ माघ ।
आधुनिक नेपाली नाटकमा विसंगतिबोध शीर्षकमा विद्यावारिधी (पीएचडी) गरेका डा. अशोक थापालाई लमजुङमा सम्मान गरिएको छ । नाटकको क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई शनिबार सम्मान गरेको हो ।
शनिबार अन्तिम दिन ‘पानीघट्ट’ नाटक मञ्चनको पहिलो शो पछि एक समारोहबीच डा. थापालाई सम्मान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक समेत रहेका डा. थापालाई नाटक ‘पानीघट्ट’ का लेखक तथा निर्देशक पुरु लम्साल र मञ्जरीका अध्यक्ष एवं नाटकका संयोजक केदार बोहोराले सम्मान पत्र प्रदान गरेका थिए ।
नेपाली नाटकको क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. थापाले प्रदेश नम्बर ४ को नाटक र रंगमञ्चको स्थितिको अनुसन्धान गरेका छन् । नेपाली नाटकको खोज अनुसन्धानको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै डा. थापालाई सम्मान गरिएको मञ्जरीले जनाएको छ ।
नाट्य समालाेचनाकाे क्षेत्रमा रङ्गमञ्चिय चेत भएका समालाेचक भनेर चिनिने थापा अाफैँमा नाटकका कलाकार कुन साथै नेपाली साँस्कृतिक नाटक मात्रै गरेर चर्चा कमाएकाे नाट्य समूह अादिइत्यादिकाे अन्तराष्ट्रिय सम्याेजक पनि हुन ।