पाेखरामा पानीघट्ट घुम्ने

लमजुङ्बाट सुरु भएकाे पानीघट्टकाे नाट्ययात्रा भारतकाे काेलकाता हुँदै पाेखरा अाइपुगेकाे छ । बिहीबारबाट पोखराको गैरापाटनस्थित पोखरा थिएटरमा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा छनाेट भएर नाटक पाेखरा अाइपुगेकाे हाे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबारबाट १४ चैतसम्म जारी रहने यो महोत्सवको बिहीबार दिउँसो प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नाटक थाङ्लाको संवाद बोलेर उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रज्ञाप्रतिष्ठानहरूलाई प्रदेशमा पनि विस्तार गरिनुपर्ने बताए । उनले सांस्कृति हिसाबले सम्पन्न सहर पोखरामा नाटक महोत्सव आयोजना गरिएकोमा खुसी व्यक्त गरे । पोखरामा निर्माण हुँदै गरेको नाटक घरहरूले नाटकको अझ विकास हुनेमा विश्वास व्यक्त गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्टिय नाटक महोत्सवले मोफसलमा पनि नाटकको विकास होस् र स्थानीय नयाँ नाट्यकर्मीले अवसर पाउन भनेर हरेक वर्ष फरकफरक स्थानमा आयोजना गर्दै आएको पनि उनले बताए । यसै क्रममा पोखराको नाट्य विकासको निरन्तरता होस् भनेर महोत्सव पोखरामा आयोजना गरिएको पनि प्रस्ट्याए । कुलपति सरुभक्तले नेपाली नाट्य संगीतको अध्ययनका लागि राष्टिय स्तरमा नेपाल संगीत तथा नाटक महाविद्यालय पोखरामा खोल्नुपर्ने र त्यसका लागि प्रादेशिक सरकारले सहयोग गर्नुपर्ने बताए ।

नाटक महोत्सवका संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पुष्करबहादुर गुरुङले महोत्सव एक सातासम्म प्रदर्शन हुने जानकारी गराए । देशभरका उत्कृष्ट नाटकहरू माध्यमबाट यसपटक १० ओटा नाटकलाई यो महोत्सवका लागि चयन गरिएको उनले जानकारी दिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्र्वसदस्य सचिव एवं कवि तीर्थ श्रेष्ठले पोखरामा धन शमशेरबाट नाटक मञ्चनको परम्परा सुरु भएको जानकारी गराउँदै पोखराको रंगमञ्च इतिहासदेखि हालसम्म उर्वर रहेको बताए । यसरी पोखरामा नाटक घर निर्माणसँगै महोत्सव हुनुले फेरी रंगमञ्च जुर्मुराएको बताए ।

अादिइत्यादि समूह काठमाडाैँ र मञ्जरी नाट्य समूह लमजुङ्काे प्रस्तुती रहेकाे नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । लमजुङ्काे लाेपाेन्मूख ठाडाे भाका समावेश गरिएकाे नाटकमा सामाजीक विषयबस्तुहरुकाे उठान रहेकाे लेखक तथा निर्देशक लम्सालले बताए ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न