पानीघट्ट’ काे केलकाता यात्रा फाेटाे फिचर

लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताए ।

पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटक अादिइत्यादि काठमाडाैँ र मञ्जरी नाट्य समूह लमजुङ्ले प्रस्तुत गरेकाे हाे ।

नाटकमा कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने र बालकलाकार विप्लव बोहोराले अभिनय गरेका छन् । भने नेपाली कलाकारलाई कोलकाताका कलाकार आशा बराल र नेहा धमलाले साथ दिएका थिए ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न