बंगलादेशमा नौगेडी

कार्तिक ८, २०७५

करिब १ घण्टा १० मिनेटको नाटक ‘नौगेडी’ सकिने क्रममा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा  एक प्रकारको सन्नाटा छायो ।

नेपाली भाषा नबुझे पनि कथाको सार र कलाकारहरूको बेजोड प्रस्तुतिका कारण केही बंगलादेशीले आँसु चुहाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारबीहिन नेपालीलाई सञ्चार माध्ययमबाट देखेसुनेका उनीहरूले नाटक ‘नौगेडी’ मा पनि त्यही अवस्था देखे । ‘नौगेडी’ का लेखक तथा निर्देशक पुरु लम्साल नेपालीको कथामा बंगालीहरूको आँसु देखेपछि भावुक भए ।

आदि–इत्यादि समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’ मा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरी आदिले अभिनय गरेका थिए । अक्टोबर ९ देखि १६ तारिखसम्म सञ्चालित पहिलो भूमिज अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपाल, भारत, बंगलादेश लगायत देशका नाटक प्रदर्शन गरिएको आयोजक भूमिज थिएटरका अध्यक्ष एवं बंगलादेशी नाटकका निर्देशक सोरकार हैदरले बताएका छन् ।

http://saptahik.ekantipur.com/news/2018-10-25/20181025132751.html

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन