पुरुको नौगेडी बंगलादेशको महोत्सवमा

काठमाडौं । बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १६ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ पनि छानिएको हो ।

नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदिइत्यादिको प्रस्तुतिमा ‘नौगेडी’ मञ्चन हुनेछ । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. अशोक थापाका अनुसार असोज २६ नाटक मञ्चन हुने छ ।

नाटकको लेखन तथा निर्देशशन पुरु लम्सालले गरेका छन् । उनका अनुसार नाटक मञ्चनका लागि सबै तयारी पूरा भएको छ । आयोजकले जनाए अनुसार महोत्सवमा नेपालसंगै भारत, बंगलादेश लगायत विभिन्न देशका नाटक मञ्चन हुनेछन् ।

गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदिइत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए ।

निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा तयार पारिएको नाटक हो । यसमा विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको उनले बताए । नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, रीता थापा, आईपी आचार्य, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, केदार बोहोरा, जयराम तिमल्सिना, मन्जु गिरी लगायतले अभिनय गरेका छन् ।

पुरुको नौगेडी बंगलादेशको महोत्सवमा

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन