नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर

 

बंगली दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । दर्शकले हरेक दृश्यमा ताली मात्रै बजाएनन् नाटककाे अन्तमा अाँसु समेत बगाए ।

नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यसवरिपरिको जनजीवनलाई नाटकमा समावेश गरिएको छ । मेलामा गएमा सन्तान नभएकाको सन्तान प्राप्त हुने, प्रेमीहरूको प्रेम सफल हुने, अविवाहितले असल जीवनसाथी पाउने जनविश्वासलाई छ ।

आदिइत्यादि समूहको प्रस्तुति नाटक ‘नौगेडी’मा सुशिलसिंह ठकुरी, रीता थापा, जेबी डिसी, आईपी आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, केदार बोहरा, मञ्जु गिरीले अभिनय गरेका छन् ।

नाटक लेखन तथा निर्देशन पुरु लम्सालले गरेका छन् ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न