बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले

काठमाडौं, २९ असाेज —

नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ ।

नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ ।

नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन ।

गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका च्यान्टेलाई सन्तानको चाहना हुन्छ ।

गाउँघरमै छुवाछुतको समस्या भोग्दै आएका च्यान्टे पल्लोगाउँ लुगा सिलाउन गएका बेला मनमाया गाउँकै पसलेले सन्तानको आश देखाएपछि आफ्नो शरीर सुम्पिन बाध्य हुन्छिन् । पत्नी दुई जिउकी भएको खबर थाहा पाएपछि च्यान्टेमा खुसीको सीमा रहँदैन । उनले पत्नीका लागि ‘नौगेडी’ लिएर आएको हुन्छ । भाले काटेर खुवाउने भन्दै च्यान्टे घरबाहिर निस्कँदा भूकम्प गएपछि गर्भवती मनमाया गम्भीर घाइते हुन्छिन् । अन्तत: मनमायाले संसार छाड्छिन् । सन्तानको मुख हेर्ने र पत्नीलाई ‘नौगेडी’ लगाइदिने च्यान्टेको सपना अँधुरो रहन्छ ।

करिब १ घण्टा १० मिनेटको नाटक सकिँदै गर्दा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ एक प्रकारको सन्नाटा छायो । नेपाली भाषा र लवज नबुझे पनि कथाको सार र कलाकारको बेजोड प्रस्तुतिका कारण केही बंगालीले आँसु चुवाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन नेपालीलाई सञ्चारमाध्यमबाट देखेसुनेका उनीहरुले नाटक ‘नौगेडी’ मा पनि त्यही अवस्था देखे ।

‘नौगेडी’ का लेखक तथा निर्देशक पुरु लम्साल नेपालीको कथामा बंगालीको आँसु देखेपछि भावुक बने । ‘विशुद्ध नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटकले भाषा र शब्द नबुझ्नेका आँखा रसाउँछन् भनेर कल्पना पनि गरेको थिएन’ उनले भने ।

आदिइत्यादि समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’ मा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरीलगायतले अभिनय गरेका थिए ।
बंगलादेश जानुपुर्व काठमाडौंकाे बत्तीसपुतलीस्थित थियटरमा प्रिमियर शाे गरिएकाे नाटक नाैगेडीले नेपाली दर्शकलाई अत्यन्तै प्रभावित बनाएकाे थियाे ।
लगभग दुई दशकदेखि  रङ्गमञ्चमा सकृय लम्सालले दर्जनाै नाटक लेखन तथा निर्देशन गरिसकेका छन् ।  फड्के र पानीघट्ट  उनले लेखन तथा निर्देशन  गरेका पछिल्ला चर्चित नाटक हुन् ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन