बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ ।
भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो ।
आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नौगेडी’ मञ्चन हुनेछ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो । उहाँका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ
भिडियाे हेर्न याे लिङ्कमा जानुहाेस्