१६ जेठ २०७६
पञ्चकन्या गाउँपालिका नुवाकोटको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक नयाँमीत पञ्चकन्या गाउँपालिकाको बिभिन्न स्थानमा जेठ १२ गतेदेखि जेठ १६ गतेसम्म प्रर्दशन भएको छ ।
नाटक हेरेपछि प्रतिकृया दिँदै सङ्घीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङले भन्नु भयो, समाज रुपान्तरणकालगि जनचेतना जगाउने सबैभन्दा प्रभावकारी माध्यम नाटक हो । समाजमा जनचेतना जगाउने यस किसिमका कार्यक्रमहरूले सामाजीक विकृति विसंगती तथा कुरीतीहरूलाई चिर्दैै समुन्नत राष्ट्र निर्माणमा समाज उन्मुख गराउँछ ।
वडा नं ४ कार्यबाहक वडाअध्यक्ष कृष्णबहादुर कँडेलले नाटक नयाँमीत आफूलाई साह्रै राम्रो लागेको बताउनु भयो । उहाँले भन्नु भयो, नाटक समसामयीक छ नाटक यसकारण राम्रो छ कि यसमा हामीले थाहा नपाएका धेरै कुराहरू प्रस्तुत गरिएको छ । गाउँपालिका देखि वडासम्मको समस्याहरूलाई प्रस्तुत गरेर त्यसको समाधान के हुन सक्छ भनेर समेत देखाउनु भएको छ । यो नाटक विद्यालयमा मात्रै नभएर समुदमयमा पनि देखाउन पाए अझै यसले दिन खोजेको सन्देश सबैमा पुग्ने थियो होला जस्तो मलाई लाग्छ ।
त्यसैगरि नवसञ्जिवनी मा.वि का प्रधानाध्यापक रामेश्वर मिश्रले यो नाटकले हाम्रो विद्यालयलाई असाध्यै छोएको बताउनु भयो । मलाई सबैभन्दा मन परेको कुरा यो हाम्रो विद्यालयको आफ्नै समस्या हो हाम्रै कथा ब्यथा हो । विद्यालय ब्यवस्थापन समितिले खेल्नु पर्ने भुमिकाको विषयमा पनि नाटकले प्रस्ट सन्देश दिएको छ । यो नाटकले हामी शिक्षक, विद्यार्थी,तथा अभिभावकहरूमा एउटा नायाँ चेतनाको बिस्तार गरिदिएको छ ।

कालिका मा.वि मिश्रगाउँमा नाटक मञ्चन पश्चातः वडा नं २ का वडाअध्यक्ष ध्रुव मिश्रले आफ्ना धारण राख्दै भन्नु भयो नाटकले धेरै सामाजिक मुद्धाहरू समेटेको छ । सामान्य झगडालाई लिएर गाउँपालिकासम्म जाने देखी लिएर आफुलाई जतिबेला आवश्यक पर्छ त्यही समयमा गाउँपालिकामा गएर बजेट माग्ने वा विकासका योजनाहरू माग्ने तरिका गलत छ । अहिले जुन बजेटको समय चलिलरहेको छ यसकुरालाई पनि नाटकले उठाएको छ । बिशेषगरी हाम्रो समाजमा जुनदिन आवश्यकता प¥यो त्यही दिन आवश्यकताको खोजी गर्न जाने चलन छ यो नाटकले त्यो चलनलाई त्यो रितिरिवाजलाई अन्त्य गर्दै आफ्ना आवश्यकताहरू समयमा नै पहिचान गरि समयमानै माग गर्न पर्ने रहेछ भन्ने एउटा महत्वपुर्ण जनचेतना गएको छ यो हामी जनप्रतिनिधीहरूलाई पनि र आवश्यकता भएका दाजुभाइहलाई पनि निकेनै फलदायी र उपलब्धीमूलक रहेको छ । साँच्चैनै यो समाज रुपान्तरणमा यहाँहरूको भुमिका एकदमै महत्वपुर्ण रहयो र यो जीवन्त अभिनयका लगि कलाकार, लेखब, निर्देशक सबैलाई मेरो ब्यक्तीगत तर्फबाट तथा वडा नं २ को वडाध्यक्षको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछु ।

त्यसैगरि बच्छला मा.विमा नाटक टाँकीको फूल हेरेपछि प्रधानाध्यापक उषा गुणी आचार्यले आफ्नो भनाइ राख्दै भन्नु भयो, गाउँघरमा भइरहेका यथार्थ घटनाहरूलाई समेटेर तयार पारिएको नाटक नयाँमति साह्रै सान्दर्भीक लाग्यो । सर्वप्रथम त पञ्चकन्या गाउँपालकिा परिवारलाई हार्दिक धन्यवाद यति प्रभावकारी नाटक हाम्रो लिद्यालयमा प्रदर्शनको चाँजोपाँजो मिलाइदिनु भयो । गाउँपालिकाको बजेटको बारेमा धेरै जनताहरूलाई थाहा भयो त्यो राम्रो पक्ष हो नाटकको र अर्को महत्वपुर्ण पक्ष भनेर स्कुले किशोरीहरू मिन्स हुँदा विद्यालय नजाने वा जान नहुने भन्ने आम धारणलाई परिवर्तन गर्न पनि यो नाटकले महत्वपुर्ण भुमिका निर्वाह गरेको मैले पाएँ ।
त्यस्तै भेडाबारी मा.विका प्रधानाध्यापक जयबहादुर थापाले आफूलाई नाटकले साह्रै नै छोएको बताउएनु भयो । उहाँले भन्नु भयो नाटक मननीय छ । नाटकको विषयबस्तु समाजमा रहेको विकृति र विसंगतीलाई कसरी हटाउने भन्ने कुरामा केन्द्रीत रहेको छ । समाजमा अझै पनि धेरै रुढिवादी सोचाइ भएका मान्छेहरू छन् । हामीले उनिहरूको सोचाइ बदल्न सक्नु पर्छ तबमात्रै समाज बदलिन्छ । यो नाटकले सामाजीक मुद्धाहरूलाई टपक्कै टिपेर प्रस्तुत गरेको छ, चाहे स्कुलको समस्या होस चाहे गाउँघरमा हुने झगडाको होस चाहे आफ्नो मान्छे माथी छ वा पँहुचमा छ भन्दैमा जुनसुकै समयमा पनि गाउँपालिकामा गएर बजेट माग्ने वा ठेक्का आफैँलाई पार्न दवाव दिने समस्या हाम्रै समाजमा छन् तसर्थ नाटक एकदमै उपलब्धिमूलक छ ।
त्यस्तै राष्ट्रिय मा.विका प्रधानाध्यापक विकास महतले नाटकको बारेमा आफ्ना धारण राख्दै भन्नु भयो ।सर्वप्रथम पञ्चकन्या गाउँपालिकालाई धेरैधेरै धन्यवाद यति राम्रो नाटक देखाएर हामीलाई सचेत गराउनु भयो । अझ बिशेष धन्यवाद नाटकका लेखक निर्देशक तथा सम्पुर्ण कलाकारहरूलाई दिन चाहन्छु । विविध विषयबस्तु समेटेको नाटकले हामी शिक्षक तथा विद्यार्थीहरूमाझ राम्रो छाप छोड्न सफल भएको छ । यो नाटकले सबै विषयबस्तुलाई छोएको छ । समाजमा रहेका सबैखाले समस्याहरूलाई उठाएर समाधानको बाटोमा उन्मुख गरेको नाटकले चेतना जागृत गरेको मैले पाएँ । नाटकले उठाएको बिषयमा म पनि परेको छु मेरा शिक्षक साथीहरू पनि समेटिनु भएको छ विद्यार्थीको लागि त झन धेरै सन्देश रहेको छ नाटकमा मेरा भाइबहिनीहरूले आगामी दिनहरूमा यहि नाटकबाट नायाँ कुरा सिकेर यो चेतनाबाट अर्को चेतनामा पाइला टेक्ने अवसर प्राप्त गर्नेछन् भन्ने कुरामा मैले आशा लिएको छु । भौतिक पुर्वाधार तयार भइसकेपछि हामीले फेरि तपाईंहरूलाई सहयोग र स्वागत गर्न हामी तयार छौँ र त्यो अवसर पनि हामीले पाए आभारी हुने थियौँ । मलाई साह्रै खुसी लागेको छ कुन कुन विषयसँग सम्बन्धित रहेका हामी सचेत हुन आवश्यक छ र कति सच्चिन आवश्यक रहेछ भन्ने कुरापनि मैले नाटकबाट बुझ्न पाएँ । भाइबहिनीसँग म आगामी दिनमा यहि नाटकको बारेमा कक्षामा अन्तरकृया गरेर अझ यो भन्दा राम्रो बाटोमा लाग्न म उहाँहरूलाई प्रेरित गर्ने छु र प्रेरण दिने छु । सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि तपाईंहरूको पुनरागमनको अपेक्षा राखेको छु ।
त्यसैगरि पञ्चकन्या मा.विका प्रधानाध्यापक रामबहादुर बिस्टले नाटक हरेर संक्षिप्त प्रतिकृया दिँदै भन्नु भयो नाटकका माध्यमबाट हाम्रा शिक्षक, विद्यार्थी भाइबहिनीहरू तथा वरपरको समाजलाई सुदृढीकरणको भुमिका निभाइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । भोलीका दिनहरूमा पनि समाजिक रुपान्तरणका सन्देशहरू बोकेर हाम्रा कलिला भाइबहिनीहरूको सोच विचारमा परिवर्तन ल्याउन पाइलाहरू सदैव अगाडी बढिरहोस भन्न चाहन्छु ।
त्यस्तै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले नाटक हेरेर भन्नु भयो नाटक साह्रै राम्रो छ । सुरुमा त यो नाटक के होला र भन्ने मलाई लागेको थियो तर मेरो सोचाइ यहाँ आएर गलत सावित भएको छ । नाटक साँच्चै राम्रो छ । केही समय पहिले पुरु लम्साल र सुशिलसिंह ठकुरीले एउटा नाटकको प्रस्ताव गर्नु भयो । सुरुमा त के नाटक हेर्छन् र गाउँमा भन्ने जस्तो पनि लागेको थियो किनकी नाटकको लागि भनेर हामीले खासै बजेट छुट्याउको पनि थिएनौँ । जब मैले पहिलोपल्ट मङ्गला मा.वि मा नाटक नयाँमीत हेरेँ म एकदमै प्रभावित भएँ । नाटक साह्रै समय सुहाउँदो छ । नाटक मलाई मात्रै होइन तपाईंहरूलाई पनि नाटक राम्रो लाग्यो भन्ने कुरामा म विश्वस्त छु ।
समग्रमा यो नाटकले म साह्रै प्रभावित भएको छु । मेरो गाउँका दाजुभाइ दिदीबहिनी बा आमा जसले नाटक हेर्नु भउको छ उहाँहरूले धेरै कुराहरू सिक्नु भएको छ भन्ने मलाई लागेको छ । समाज परिर्वतनका निम्ती जनतासामु के कस्ता कार्यक्रमहरू बनाउन सकिन्छ भनेर म आउँदो बार्षिक कार्यक्रममा यस नाटकका लेखक तथा निर्देशक पुरु लम्साल र आदिइत्यादि समूहसँग पनि अरु विषयमा पनि छलफल गरेर अगाडी बढ्ने छु । हाम्रो गाउँमा यति सुन्दर र प्रभावकारी कार्यक्रम प्रस्तुत गरेर समाज रुपान्तरण गर्न उप्रेरित गर्नु भएकोमा नाटकका लेखक तथा निर्देशक एवम् सम्पूर्ण कलाकारहरूलाई हार्दिक सिङ्गो गाउँपालिकाको तर्फबाट र मेरो ब्यक्तीगत तर्फबाट धन्यवाद दिन चाहन्छु ।
नाटक मञ्चन पश्चातः आफ्नो प्रतिकृया दिँदै प्रमूख प्रशासकीय अधिकृत नरेश पुडासैनीले भन्नु भयो नाटकले कुनै भुगोल र सिमानाको यथार्थलाई उजागर गर्नुपर्छ । यो नाटक नयाँमीतले गाउँपालिकाले आफूले खेल्नु पर्ने भूमिका र त्यहाँबाट हुने विकास निर्माणका कामदेखि समाजमा रहेका विकृतिहरूलाई समेत उजागर गर्न सफल भएको मैले पाएँ । नाटकमा धेरै कुाहरू समेटिएका छन् जस्तो असार १० गते भित्रै आफ्नो योजना गाउँपालिकामा पेश गरिसक्नु पर्ने छ भन्ने कुरा नाटकले आम गाउँलेलाई सिकाएको छ भने न्यायीक समितिमा आउने मुद्धाहरूको बारेमा पनि नाटकले स्पस्ट पारेको छ । गाउँपालिकाको न्यायीक समितिमा फौजदारी प्रकृतिको मुद्धाहरू पनि दर्ताको लागि आइरहेको अवस्थामा जसले यो नाटक हेर्नु भएको छ समाजमा घटेका फौजदारी मुद्धाहरूको निवेदन बोकेर गाउँपालिकाको न्यायीक समिति र वडाको मेलमिलाप केन्द्रमा जान हुँदैन रहेछ भन्ने जागरण यो नाटकले दिएको छ । यो कुराको प्रचारप्रसार सबैले गरिदिनु हुने छ भन्ने आशा लिएको छु मैले ।
हामीले कार्यक्रम खर्चबाट अलिकती रकम विनियोजना गरेर १० स्थानमा नाटक देखाउन सक्यौँ र पर्याप्त रकम थिएन तथापी नाटक देखाएर जुन किसिमको जनचेतना बिस्तारमा सहयोग पु¥याउनु भएको छ त्यो साह्रै सर्हानीय छ । हामी आगामी बर्षको बजेटमा यस्ता कार्यक्रमको लागि केही बजेट अवस्य विनियोजन गर्नेछौँ । हामी नयाँ बजेट निर्माणको अवस्थामा रहेको हुँदा यस्ता समाज रुपान्तणमा सहयोग हुन कार्यक्रमहरू लिएर आउन र यस्ता कार्यक्रमहरूमा लगानि गर्न गाउँपालिका सँधै तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण टिमलाई हर्दिक धन्यवाद दिन चाहन्छु ।
त्यसैगरि नाटक हेरेर आफ्नो प्रतिकृया दिँदै गाउँपालिका उपाध्यक्ष सीता पराजुली खड्काले भन्नु भयो, नाटकबाट धेरै कुराहरू आइसकेका छौँ । नाटक मञ्चनको लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । गाउँपालिकाको न्यायीक समितिको काम कर्तब्य र अधिकारको बारेमा पनि नाटकले प्रष्ट पारेको छ म आपैँ पनि न्यायीक समितिको संयोजक भउका नाताल पनि धेरै कुराहरू नाटकमा आएका छन् भन्ने मलाई लागेको छ । फौजदारी प्रकृतिका मुद्धाहरू लिएर पनि गाउँपालिका आउनेहरूलाई नाटकले सन्देश दिएको छ । गाउँपालिकामा देवयानी प्रकृतिका मुद्धाहरू मात्रै दर्ता हुन्छने भन्ने सन्देश आम जनतामा गएको मैले महसुस गरेको छु । वडा कार्यलयमा जानु पर्ने मुद्धाहरू के के हुन भन्ने देवयानी प्रकृतिका मुद्धाहरू केके हुन र फौजदारी प्रकृतिका मुद्धाहरू के के हुन सबैलाई थाहा भयो । नाटकले समाज परिवर्तनमा मूख्य भुमिका खेलेको मैले महसुस गरेको छु । आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरूसँग आदिइत्यादिसँग र कलाकारहरूसँग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सम्पूर्ण कलाकार तथा लेखक निर्देशकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
त्यसैगरि नाटक हेरेर आफ्नो प्रतिकृया दिँदै कुण्डला मा.विका कार्यवाहक प्रधानाध्यापक रमेश लम्सालले भन्नु भयो, नाटकले समाजमा एकअर्काको बिचमा बेमेल हुँदा कस्तो अवस्था सिर्जना गर्छ भन्ने कुरा नाटकले देखाएको छ । समान्य झगडाको कारण गाउँमा मुद्धामामिला सम्म पुग्ने अवस्था नाटकमा देखाइएको छ । समाजका सबै क्षेत्रहरूलाई नाटकले समेटेको छ । स्कुलको समस्याहरू छन् । महिनावारी हुन्दा छोइन्छ चन्ने मान्यता बोकेको समाजको चित्र छ । रक्सी खाएर अल्ला गर्ने र झगडा गर्ने मङ्गले जस्ता पात्रहरू हाम्रो समाजमा जताततै भेटिन्छ । आफुलाई मन परेको शिक्षक वा शिक्षिकालाई प्रधानाध्यापक बनाउन दवाव दिने रमेशहरू पनि हाम्र समाजभित्रका पात्र हुन । सोमजस्ता पात्रकाकारण पनि समाजमा कलह फैलिएको छ । समग्रमा हाम्रो समाजको एउटा प्रतिनिधी घटना हो नाटक नयाँमीत ।
पञ्चकन्या गाउउँपालिका भित्रका बिभिन्न १० वटा मा.वि मा प्रदर्शन गरिएको नाटक नयाँमीतको लेखन तथा निर्देशन पुरु लम्सालको रहेको थियो भने नाटक कलाकारहरु सुशिलसिंह ठकुरी, रीता थापा, आईं.पी. आचार्य, सविना गोपाली, दिवाकर घिमिरे, अनामिका लामिछाने र अनन्तप्रकाश श्रेष्ठको अभिनय रहेको थियो ।