नौगेडी अब काठमाडौंमा

काठमाडौँ, १२ भदौ । २०७५ सालको बर्षकै बहुचर्चित नाटक नेपाली नौगेडी काठमाडौंमा मञ्चन हुने भएको छ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपालको तर्फबाट छनौटमा परेर सफलतापूर्वक मञ्चन भएको नाटक नौगेडी रारा राष्ट्रिय नाटक महोत्सव २०७५ सुर्खेतमा पनि सफलतापूर्वक मञ्चन भइसकेको छ ।

आदिइत्यादि समूहको प्रस्तुति नाटक नौगेडी आगामी भाद्र २६ गतेदेखि असोज १२ गतेसम्म काठमाडौंको सर्वनाम थियटरमा मञ्चन हुन लागेको छ ।

दर्शकको मागकै कारण हामीले नाटक काठमाडौंमा मञ्चन गर्न लागेको आदिइत्यादिका कार्यक्रम संयोजक एवम् त्रि.विका प्राध्यापक डा. अशोक थापाले जानकारी दिनु भयो । नाटकमा लोपुन्मूख काँठको घाँसेभाका समेटिएको छ भने दुप्चेजात्रामा गाइने र नाचिने बम्बो नृत्य पनि समावेस गएिको छ । नौगेडी सांस्कृतिक नाटक हो । यसमा फरक फरक संस्कृतिको समिश्रण पनि छ थापाले भने ।

आदिइत्यादिका कोषध्यक्ष रमेत रहेका संगीतकार एवम् मुख्य कलाकार सुशिलसिहं ठकुरीले भने हामी रिहर्सलमा छौँ । दशैँ अगाडिसम्म नाटक मञ्चन गर्ने योजना छ । गतबर्ष देखी नै दर्शकको अत्याधिक माग हुँदा हुँदै पनि हामीले नियमित नाटक देखाउन सकेनौँ कारण हामीसँग आफ्नो नाटकघर छैन ।

हामीलाई अलि चुनौती पनि छ यो पल्ट । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेको नाटक भएको कारण दर्शककहरुले र नाट्य समिक्षकहरुले अलि धेरै अपेक्ष पनि लिएका हुन सक्छन् । केही कलाकारहरु परिवर्तन भएका छन् र पनि हामी हामीले सकेको राम्रो बनाउने कोशिषमा छौँ । साहायक निर्देशक एवम् अभिनेता आई.पी आचार्यले भने ।
नुवाकोटको प्रसिद्ध धार्मिक तिर्थस्थल दुप्चेश्वर महादेवको जात्राको कथाबाट सुरु हुने नाटकले स्थानीय परिवेशलाई टपक्कै टिपेको छ ।

दुप्चेश्वर वरिपरिकै सामाजिक समस्याहरु जातिय छुवाछुत, चेलीबेटी बेचबिखान,पछिल्लो समयको बिकृत राजनितिक अवस्था र महाभुकम्पको कथालाई कलात्मक रुपले जोडेर तयार पारिएको नौगेडीमा सुशिलसिंह ठकुरी, रिता थापा, बृहषमान सुनुवार, अनामिका लामिछाने, आई.पी आचार्य, दिवाकर घिमिरे, भिष्म जोशी, अस्मिता बयलकोटी, राहुल श्रेष्ठ, समिर खनाल, जयराम तिमल्सिना, रुबी सत्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
युवा कवि तथा नाटककार पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नौगेडी २०७५ फागुनमा पुस्तकाकार रुपमा पनि प्रकाशनमा आएको थियो । लम्सालका अनुसार नाटक मञ्चनकै अवसरमा नौगेडी पुस्तकको दोस्रो संस्करण पनि सार्वजनिक गरिने छ ।

नौगेडी अब काठमाडौंमा

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न