नाटक नौगेडी भदौं २७ गतेबाट असोज १२ सम्म सर्वनाम थियटरमा प्रर्दशनमा

काठमाण्डौं ।

पुरु लम्सालद्धारा लिखित नाटक नौगेडी भदौं २७ गतेबाट सर्वनाम थियटरमा प्रर्दशन भैरहेको छ ।

भदौं २७ बाट असोज १२ गते सम्म चल्ने नौगेडीलाई दर्शकहरुले अत्याधिक मनपराएका छन् । नुवाकोटको दुप्चेश्रमा लाग्ने धान्य पूर्णिमा मेला र जात्रालाई समेटेर नाटकको सुरुवात भएको छ ।

नाटकका मुख्य पात्र च्यान्टे र मनमाया हुन्छन जसको भेट यहि जात्रामा हुन्छ । विवाहपछि नौगेडी लगाइदिने च्यान्टेको रहर भएपनि उ साह्रै गरिब हुन्छ । तरपनि उसले मनमायालाई नौगेडी लगाइदिने अनेक उपाय निकाल्छ । विवाहको लामो समय सम्म छोरा छोरी नहुँदा उनीहरु झन दुखि हुन्छन् ।

र अन्त्यमा बल्ल बल्ल सन्तान जन्मने खुसीमा रहेका च्यान्टे र मनमाया ठुलो बज्रपात आइलाग्छ ।

करिब १२ जना कलाकारहरु द्धारा प्रर्दशन भै रहेको नौगेडीले दर्शकको अपार माया पाएको निर्देशक पुरु लम्सालले बताएका छन् ।

http://nicesamachar.com/news-details/6319/2019-09-15

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न