‘नौगेडी’ मञ्चन

२०७६ असोज ४ गते
काठमाडौं । बंगलादेशमा सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सव र गत वर्ष सुर्खेतमा भएको राष्ट्रिय नाटक महोत्सवमा मञ्चित नाटक ‘नौगेडी’ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ ।

पुरु लम्सालको लेखन तथा निर्देशनमा तयार गारिएको उक्त नाटकमा नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई समावेश गरिएको छ । नाटककार लम्सालले नाटकमा मेलासँगै जातीय छुवाछुत र बेचिएका महिलाको कथाव्यथालाई मुख्यरूपमा चित्रण गरिएको बताए ।

असोज १२ गतेसम्ममञ्चन हुने नाटकमा सुशील सिंह ठकुरी, रिता थापा, आइपी आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, नमस्ते दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल र जयराम तिमिल्सिनाको अभिनय छ ।

त्यस्तै, तिलक राईको मञ्च परिकल्पना तथा निर्माण, दिवाकर घिमिरेको प्रकाश परिकल्पना, पास्लाक्पाको प्रकाश परिचालन, नारायण दंगालको संगीत रहेको नाटकमा सिद्धान्त परियार, लक्ष्मी स्याङ्तान, सुलभ डेक्स, डा. अशोक थापा, राजिन पनेरु, मञ्जु गिरी, आकाश जङ श्रेष्ठ, आइपी आचार्यलगायत नेपथ्यमा रहेका छन् ।

‘नौगेडी’ मञ्चन

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन