गाउँको कथा भन्छ ‘नौगेडी’ले

ध्रुव लम्साल
असाज ११

काठमाडौं । लोकगायन सबै भन्दा फष्टाएको गायन विधा मानिन्छ । संगीतमा संलग्न श्रष्टाको सूची तयार पार्ने हो सबै भन्दा लामो सूची लोक श्रष्टाकै बन्छ । यति हुँदा हुँदै पनि समग्र लोक गायनमाथी एउटा गुनासो आउने गर्छ ‘लोक गायनमा विविधता आउन सकेन ।’ कतिपय गायकका एउटै खाले गीत धेरै आउनु र छुट्टा छुट्टै गायक गायिकाका दुई, तीन वा चार गीतका भाकामा तात्विक अन्तर नभेटिनुले पनि लोक गायन माथी पटक पटक प्रश्न उठ्ने गरेको छ ।

लोक गायनमा रम्नेहरुका लागि एउटा पाठ हुन सक्छ हाल सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘नौगेडी’ । पुरु लम्सालको निर्देशनमा मञ्चन भएको ‘नौगेडी’मा घाँसे भाकामा गीत सुन्न पाईन्छ । जुन गीत शहरका चलेका गायक गायिकाले गाउने भन्दा राम्रो र मौलिक लाग्छ । यदि त्यहि भाकालाई कुनै गायक गायिकाले टपक्कै टिपेर गाउने हो भने हिट हुनकै लागि धेरै मेहनत गर्न पर्दैन । यस अर्थमा ‘नौगेडी’ लोक सर्जककका लागि एउटा भाका सित्तैमा दिन्छ ।

शहर बजारमा हुर्केका बालवालिकाका लागि जात्रा के हो थाहा हुन छाडेको छ । विभिन्न चाड पर्वमा शहरमा पनि जात्रा लाग्छ । तर, शहरमा बसेकाहरुले जात्रामा रमाउन बिर्सन थालेका छन् । गाउँघरमा पनि पहिला जस्तो रौनक छैन । कुनै समय यस्तो पनि थियो जात्राले वालवालिकादेखी प्रौढसम्मको मन तान्थ्यो र जात्रास्थलमा जात्रालुको भिड लाग्थ्यो । त्यहि जात्रामा मायाप्रेमको डोरी बाट्नेले मेसो पाउथे ।

मन हुँदा हुँदै पनि श्रीमतिलाई नौगेडी बनाइदिन नसकेको च्यान्टेले जब श्रीमतिका लागि नौगेडी बनाइदिन्छ त्यही वेला आएको विनाशकारी भूकम्पले मनमायालाई संसार छोड्न वाध्य बनाउछ ।

‘नौगेडी’मा जात्रा जाँदा माया प्रेम बसेको प्रसंगमा मात्रै छैन । नुवाकोट जिल्लाको एउटा भेटको तीतो यथार्थ चेलीबेटी बेचबिखनको प्रसंग पनि छ । श्रीमानद्धारा बेचिएकी चेलीको रोदनसंगै ति चेलीलाई समाजले हेर्ने दृष्टिकोणलाई नाटकमा यथार्थ चित्रण गरिएको छ ।

‘नौगेडी’ केबल नुवाकोटको एउटा गाउँको मात्रै कथा होइन । अभावमा बाँच्न विवस आम सर्वसाधारणको जीवनको एउटा पाटो हो । संविधानले छुवाछुतले निषेध गरे पनि समाजले अझै पनि जातको बार लगाएर निम्छरा जातिलाई हेप्दै आएको प्रसंगलाई नाटकमा प्रस्तुत गरिएको छ । पानी नचल्ने तर, जवानी चल्ने गरेको यथार्थ नाटकले प्रस्तुत गरेको छ ।

मनमाया र च्यान्टे यस नाटकका प्रतिनिधी पात्र हुन् । मनमाया र च्यान्टेको मायाप्रेम उही जात्रावाट सुरु हुन्छ । एकै नजरमा प्रेममा परेका यी जोडीको त्यसपछिको जीवनयात्रा भने त्यति सहज हुँदैन । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि पिडामा रहेकी मनमायाको बाचुञ्जेल नौगेडी लगाउने धोको पुरा हुँदैन ।
मन हुँदा हुँदै पनि श्रीमतिलाई नौगेडी बनाइदिन नसकेको च्यान्टेले जब श्रीमतिका लागि नौगेडी बनाइदिन्छ त्यही वेला आएको विनाशकारी भूकम्पले मनमायालाई संसार छोड्न वाध्य बनाउछ ।

‘नौगेडी’ मा गाउँमा हुने राम्रा नराम्रा सव घटनाक्रम छ । राम्रो काम गर्दा गर्दै पनि जनताले नपत्याएका उम्मेदवारको मनोदशा मात्रै हैन । काममा अल्छी बन्दै गएको युवा पुस्ताले पोट खेलेरै दिन बिताएको प्रसंग देख्दा युवाशक्तिमाथी भरोसा गर्नेहरुलाई सोच्न वाध्य बनाउछ ।

नुवाकोट जिल्लामा रहेको दुप्चेश्वर महादेव मन्दिरको आफ्नै इतिहास छ । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र दुप्चेश्वरकै सेरोफेरोमा केन्द्रित छ नाटक । नाटक मार्फत निर्देशकले सम्पदा संरक्षणमा समेत पहल गरेका छन् । उक्त नाटकमा सुशिल सिं ठकुरी, रीता थापा, आईपी आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल र जयराम तिमिल्सिनाले अभिनय गरेका छन् ।

http://rajdhanidaily.com/193677/?fbclid=IwAR1M3Oajx6IRRgV-GInNHGrfQ4-6UFKYz-U7WwituHpqDMQNc63hNQJdxd0

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न