देउकाशी पुगिन बंगलादेशमा फाेटाे फिचर

काठमाडौं । बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो

आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । ‘नेपालमा आयोजना भएका पछिल्ला केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा एकल नाटकका रुपमा मञ्चन भएको देउकाशी यो पटक पुर्नलेखन सहित मञ्चन भएको छ’, लेखक तथा निर्देशक पुरु लम्सालले भने ‘मैले केही पात्र थपेको छु र परिवेश पनि अलि पृथक बनाएको छु । लमजुङको बिकट गाउँ सिङ्दीको परिवेशमा तयार गरिएको नाटकमा अविवाहीत प्रौढ महिलाको मनोभावनालाई सुक्ष्म रुपमा केलाइएको छ ।’

देउकाशीमा सुशिलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आई.पी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न