बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

हाम्रो आवाज,
काठमाडौँ, २० पुस :
बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो ।

आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख गर्नुभयो । नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ । साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ ।

आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ । रासस

https://www.hamroawaz.com/en/news/869

अन्य समाचार

ककनीमा देखाईयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न