नेपाली न्युज,
बंगलादेश २० पुस ।
बंङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । नाटक हेरेपछि आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझिएपनि नाटकको प्रस्तुतीबाट भने धेरै कुरा बुझिएको बताए । उनले नेपाली कला र संस्कृतिको प्रशंसा समेत गरे ।
आदिइत्यादिका अन्तरर्राष्ट्रिय संयोजक प्रा. डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको जानकारी दिए ।
नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ । साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ ।
आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ । नाटकमा दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।
https://www.agambarta.com/%E0%A4%AC%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%A8%E0%A4%BE%E0%A4%9F%E0%A4%95/