बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

मार्गदर्शन
२१ पुष २०७६, सोमबार
काठमाडौँ । बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो ।

आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख गर्नुभयो । नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ । साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ ।

आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन