दाेरम्बामा चुराेकुराे फाेटाे फिचर सहित

दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि र एउटा आधारभूत विद्यालयमा नाटक प्रस्तुत गरिएकाे छ ।

नाटक मार्फत न्यायिक समितिको काम कर्तव्य र अधिकारको बारेमा र समाजमा हुने बालविवाह रोक्नको लागि जानकारी गराउने काम गरिएको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक कृशला घिसिङले बताइन । नाटक विद्यार्थीलाई केन्द्रीत गरेर प्रस्तुत गरिएको बताउदै उनले समाजमा रहेका गलत काम हटाउन अभिभावकलाई समेत सचेत गराउने काम गरिएको बताइन ।

‘समाजमा विकृतिको रुपमा रहेको बालविवाह रोक्न समाजको बढी दायित्व हुन्छ’, उपाध्यक्ष घिसिङले भनिन–‘समाजमा रहेका विकृति र विसंगतीलाई हटाउन जनचेतना र शिक्षाको खाँचो छ ।’
आदिइत्यादिकाे प्रस्तुति रहेकाे नाटकमा सुशीलसि‌ंह ठकुरी, सरिता गिरी, दिवाकर घिमिरे, अनामिका लामिछाने, सविना गाेपाली, राेशनी स्याङ्बाे लगायत स्थानिय विद्यालयका भाइबहिनीहरुको समेत अभिनय रहेको थियो । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटक प्रदर्शनकाे संयाेजन उदय रजान मगरले गरेका थिए ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न