ग्वालियर (भारत), भदौ १५/ उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ।
बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र सभ्यताले सहित्यलाई मापन गर्ने बताए। साहित्यले शहर, देश मात्र नभई आउने पिँढीलाई मार्गदर्शन गर्ने साथै साहित्यको गहिराई सागरजस्तो र उचाई सगरमाथाजस्तो हुनुपर्ने कुरा जनाउँदै असमानता, कुरीति र विसंगतिलाई हटाउन साहित्यको योगदान रहेको बताए।
कार्यक्रममा पुरु लम्सालले नेपाली साहित्यमा भारतीय साहित्यकाे प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे भने ओम कुमारी बञ्जारा रानाभाटले नेपाली साहित्यमा भारतीय साहित्यको अन्तरसम्बन्ध विषयमा आफ्नाे विचार राख्नु भएकाे थियाे । कवि अनिल श्रेष्ठले नेपाली कविताकाे वर्तमान अवस्थाकाे बारेमा चित्रण गर्नु भएकाे थियाे । कार्यक्रममा सांस्कृतिक दर्शनका प्रभाव प्राचीन कालदेखि नेपाली साहित्यको बिभिन्न विधामा रहेको सो अबसरमा जानकारी गराइएको थियो।
राष्ट्रिय/ अन्तराष्ट्रिय साहित्यकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा भारतका केंद्रीय मंत्री ज्योतिरादित्य सिंधिया, प्रख्यात फिल्म लेखक, निदेषक पियूष मिश्रा, फिल्म एवं नाटक लेखक अभिराम भड़कमकर, पद्मश्री डॉ. विद्याबिन्दु सिंह,डॉ. अजय कुमार के.सी., उदय माहुरकर, प्रो. कलाधर आर्य, डॉ. परीन सोमानी (इंग्लैण्ड), अनिल श्रेष्ठ (नेपाल), पुरू लम्साल (नेपाल),आकाश अधिकारी(नेपाल), उषा केसी (नेपाल), ओम कुमारी बञ्जारा रानाभाट (नेपाल),दिवाकर भट्टराई (नेपाल) र जानकी कुँवर(नेपाल) लगायतका वक्ताले रचना साथै धारणा व्यक्त गरेका थिए।
आदिइत्यादि समुह,पुरु लम्सालको संयोजकत्वमा भारत पुगेको समूहले साहित्यले विश्वलाई जोडेको हुँदा यस्ता कार्यक्रमले विश्वमाझ नेपाली साहित्यलाई पुर्याउन मद्दत पुग्ने लम्सालले बताए।