अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)

२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा धेरै काम गर्न सक्ने हुँदा हात बाँधेर र चुलो चौकामा मात्रै सिमिन नहुन महिलाहरुलाई आग्रग गर्दै तामाङले भन्नु भयो, हामीले पाएको अधिकारको सुनिश्चितताको निम्ति पनि हामी महिलाहरु एक हुन पर्ने छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले एकदिन महिला दिवस मनाउनु मात्रै भन्दा अधिकारका निम्ति हरेक दिन जागरुप हुनु पर्ने बताउनु भयो । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले महिला, बालबालिका, तथा जेष्ठ नागरिकको क्षेत्रमा हामीले धेरै काम गर्न बााकी रहेको र अझै जनचेतनामूलका कार्यक्रम गर्न आवश्यक रहेको औँल्याउनु भयो ।
तादी गाउँपालिकाकी उपाध्यक्ष एवम् कार्यक्रमकी अध्यष सन्जु प्याकुरेलले नाटकमा देखाएजस्तै महिलाकै कारण पनि महिलाहरु हिंसामा परेको उल्लखे गर्दै महिला हिंसा न्यूनिकरणका निम्ति पहल गर्ने बताउनु भयो ।
तादी गाउँपालिकाको आयोजना गरेको कार्यक्रममा आदिइत्यादि समुह काठमाण्डौले नाटक प्रदर्शन गरेको थियो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकमा दीपमाला परियार, शान्ति भट्टराई, रबिन तामाङ र चाँदनी शाहीको अभिनय गरेका थियो ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन