मकवानपुरगढीमा ‘जुनकिरी’ नाटक प्रदर्शन

मकवानपुर बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको मकवानपुरगढी गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले २०८० असार ३ गते देखि असार ७ गतेसम्म समुदायिक १० वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल सन्देशसँगै समाजमा हुन सक्ने विभिन्न विकृतिबारे सचेतना दिन नटक प्रदर्शन गरिएको बताए । अध्यक्ष स्याङ्तानले विद्यार्थी तथा नागरिकलाई बालविवाह विरुद्धको जनचेतना जगाउनको लागि नेताको भाषण र विज्ञले दिने प्रशिक्षणभन्दा कलाको माध्यमबाट प्रभावकारी हुने भएकाले सडक नाटक देखाएको बताए । उनले समाजिक विकासका विभिन्न बाधकहरुमध्ये बालविवाह एक भएको औंल्याए । गाउँपालिका उपाध्यक्ष मान कुमारी पाखरिनले जग्गा, पैंसाभन्दा ठूलो सम्पत्ति छोराछोरी भएपनि उनीहरुको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताइन् । उनले नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपाय समेत प्रस्तुत गरिएको बताए । बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा बालविवाह गर्दा जेल पर्नेदेखि लिएर उमेर नपुगी विवाह गरी जन्मेका बच्चाको जन्मदर्ता आदिमा वेहार्नु पर्ने कानुनी समस्याका साथै घरझगडा बालबालिकामा पर्ने मानसिक असरलाई देखाउन खोजिएको छ । कलाकारहरुले बालविवाहसँगै मादक पदार्थ सेवनले मानिसको जीवन पार्ने असरलाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् । विद्यार्थी तथा अभिभावकहरुले धेरै विषयवस्तुलाई समेटेर बनाएको नाटकले समाजको यथार्थ चिणत्र गरेको भन्दै उनले खुसी व्यक्त गरिन् ।
बालविवाह विरुद्ध जनचेतना जगाउने नाटक गाउँपालिकाभित्रका १० वटा माविमा देखाइएको थियो । पालिका भित्र विद्यालयमा देखाएको नाटक मकवानपुरगढी गाउँपालिकाको आयोजनामा सडक नाटक ‘जुनकिरी’मा सुशीलसिंह ठकुरी, उमाकान्त सापकेटा, दीपमाला परियार,अनामिका लामिछाने, रविन दोङ र शान्ती भट्टाराईको अभिनय रहेको छ । नाटक ‘जुनकिरी’को लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न