कामकुराे सडकनाटक प्रदर्शन हुँदै

काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु भएको छ ।

आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालय धाप्लेमा विहान १०ः ३० र जनहित माध्यमिक विद्यालय महाकाँलमा दिउँसो २ बजे प्रदर्शन हुने भएको छ ।

त्यस्तै, भोलि माघ १५ गते बालविकास माध्यमिक विद्यालय फलामेटार र धार्ने ज्योति माध्यमिक विद्यालय धार्ने, मा १६ गते भृकुटी माध्यमिक विद्यालय सौरे र कुमारी माध्यमिक विद्यालय जगथली, माघ १७ गते शारदा माध्यमिक विद्यालय देउराली र १८ गते जनविकास माध्यमिक विद्यालय ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।

नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।

aajavoli- कामकुराे सडकनाटक प्रदर्शन हुँदै

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन