‘कामकुरो’ को मञ्चन सम्पन्न

काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा यही माघ १४ गतेबाट सुरु भएको नाटक ‘कामकु्रो’ को मञ्चन सम्पन्न भएको छ ।

आदिइत्यादिको प्रस्तुती रहेको नाटक ‘कामकुरो’ माघ १४ गतेदेखि १८ गतेसम्म खानीखोला गाउँपालिका विभिन्न सामुदायिक विद्यालयहरुमा मञ्चन गरिएको थियो ।

माघ १४ गते गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा, १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि.धार्ने, मा, १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथलीमा, माघ १७ गते शारदा मा.वि. देउरालीमा र अन्तिम दिन जनविकास मा.वि.ताल्ढुङ्गामा नाटक मञ्चन सम्पन्न भएको हो ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको यस नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।

मञ्चित नाटकका विषयमासामाजिक विकास समितिको संयोजक तथा ४ नम्बरको वडाध्यक्ष निसान मोक्तानले भने, “हाम्रो समाजमा रहेका विकृति तथा विसंगतीहरु चिर्नका लागि नाटकले महत्वपूर्ण भूमिका खेलेको छ । यो नाटकले धेरै समसमायिक विषयबस्तुहरुलाई समेटेको छ । काठमाडौंबाट नजिकै भएपनि हाम्रो जिल्ला विकासका मामिलामा पछाडि परेको छ ।”

उनले थपे, “हामीले अरु कसैलाई दोष दिन मिल्दैन । हामी गाउँमै बस्दैनौँ । यहाँ केही उत्पादन नै गर्दैनौँ । हाम्रो जग्गा जमिन बाँझो छ । हाम्रो गाउँठाउँ पछि पर्नुको मुख्य कारण हामी नै हो । त्यसैले पनि हामी पछाडि परेका हौँ ।”

मोक्ताङले यो नाटकले स्थानीय उत्पादनमा जोड दिनुपर्छ । विदेशमा गएर सिकेको सिपले गाउँमै बसेर केही गर्नुपर्छ, बालविवाह गर्नु हुँदैन । अभिभावकहरुले बच्चाहरुलाई समय दिनुपर्छ र साथै विद्यालयका शिक्षकको जिम्मेवारी के रु विद्यालयमा उनीहरुको भूमिका कस्तो हुन्छ रु शिक्षकले चाहे भने यो समाजलाई कसरी रुपान्तर गर्न सकिन्छ भन्ने सन्देश बोकेको बताए ।

यसैगरी, खानीखोला गाउँपालिकाका शिक्षा साहायक एवम् नाटक प्रदर्शन कार्यक्रमका संयोजक होमबहादुर वाइवाले भने, ‘यो स्थानीयहरुको समस्या हो । विद्यालयमा शिक्षकहरु नै समयमा उपस्थित हुदैँनन् । हामीले बालविवाहको न्यूनिकरणका लागि विभिन्न पहलकदमी चालिरहेका हुन्छौँ । समाजमा बालविवाह गर्नुहुँदैन भन्ने जनचेतना पनि फैलाएका छौँ । तर, त्यो सबै थाहा हुँदाहुँदै पनि अहिले बालबालिकाले आफ्नो मनोमानी गरेर विवाह गर्छन् । जसकारण विभिन्न समस्याहरु झेल्ने पर्ने हुन्छ ।’ यो नाटकले यस विषयमा महत्वपूर्ण भूमिका खेलेको वाइवाको भनाई छ ।

त्यस्तै, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ छिन्ताङले भने, ‘हाम्रो गाउँ समाजमा भौतिक विकासको निर्माणलाई मात्र विकास भएको ठान्छन् । विकासको प्रवृत्ति सामान्यतया सामाजिक उत्पादनको गतिविज्ञानबाट नियमित र निर्देशित छ । हरेक समाजको गठन निश्चित सामाजिक चेतनाको जगमा खडा भएको हुन्छ । त्यसैले जबसम्म सामाजिक चेतनाको विकासमा परिवर्तनको आवश्यकता महसुस हुँदैन, तबसम्म भौतिक विकासले मात्र कुनै अर्थ राख्दैन ।’

यस नाटकले समाजिक कुरिती, वालविवाहले निम्त्याउने समस्या कम गर्न र स्थानीय उत्पादनमा जोड महत्वपूर्ण भूमिका खेलेको छिन्ताङले बताए ।

aajavoli- सडक नाटक ‘कामकुरो’ को मञ्चन सम्पन्न

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन