सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो ।

दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमा गरेको अन्याय र अत्याचारलाई उजागर गर्ने प्रयास गरेको छ । प्राज्ञ विष्णु मोक्तानले लेखेको नाटकलाई प्राज्ञ पुरु लम्सालले नाट्य रुपान्तरण गरेका हुन् । 

नाटकलाई सुशीलसिंह ठकुरीले निर्देशन गरेका छन् । नाटक मञ्चन पश्चात कुलपति निशा शर्माले नाटकमा अभिनय गर्ने कलाकारहरूको प्रशंसा गर्दै नाटकमा दर्शाउन खोजेको पहिचानको लडाईं अझै पनि जारी रहेको बताइन् ।

 

सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन