मैनालीको कथा कर्तव्य मञ्चमा

काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई प्राज्ञ एवम् नाटककार पुरु लम्सालले नाटय रुपान्तरण गरेका हुन् भने रंगकर्मी पुष्पराज अवस्थीले निर्देशन गरेका हुन् । नाटकका परिकल्पनाकार तथा निर्देशक अवस्थीले मैनालीको कथाका पात्र र परिवेशलाई टपक्क टिपेर सुदूरको डोटी पुर्‍याइदिएका छन् । उतैको जीवनशैली, उतैको रहनसहन । चाडबाडदेखि बोलीचाली पनि उतैको । गौरा गाउने महिलादेखि नेपथ्यमा बज्ने सुदूरका गीत संगीतले नाटकलाई विशेष बनाएको छ । मञ्चमा रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुन हाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ कलाकारको अभिनय देख्न पाइनेछ । नाटकमा गायक भुवन दाहाल र जनक ताम्राकारको संगीत समावेश छ । नाटकमा भेषभूषा काम अन्जना दुलालले गरेकी छन् भने प्रकाश व्यवस्थापनको काम सविता तामाङले गरेकी छन् । कोरियोग्राफी श्याम कार्कीको र संगीत परिचालनमा प्रदीप विश्वकर्मा र गोविन्दराज खड्का जुटेका छन् भने मञ्च व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएका छन् । वि.सं. १९५७ मा जन्मिएका मैनाली नेपाली कथालाई काल्पनिकता र उपदेशात्मकताबाट मुक्त गराएर यथार्थको धरातलमा उभ्याउने पहिलो साहित्यकार मानिन्छन् । उनका कथामा गाउँघरका पात्र, गरिबी, अन्धविश्वास, सामाजिक कुरीतिहरू र मानवीय संवेदनाहरूको यथार्थ चित्रण पाइन्छ। आदिइत्यादि, मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर)को संयुक्त प्रस्तुति स्वरूप यो नाटक मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर) काठमाडौंको रातोपुलमा नियमित मञ्चन हुनेछ ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन