नाटक ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन

नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ।

नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो।

नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागूपदार्थ दुर्व्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको थियो।

‘आदिइत्यादि’ को प्रस्तुति रहेको यस नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन्। नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ का रूपमा परिचित चर्चित कलाकार कमलमणि नेपाल, ‘गौरी’ का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन