पुरुको नाटक ‘सहीछाप’ नमोबुद्धमा प्रदर्शित

काठमाडौं । नमोबुद्ध नगरपालिकाले सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’को प्रदर्शन गराएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरुक बनाउने उद्देश्यका साथ तयार पारिएको उक्त नाटक हालै भकुण्डेबेँसीस्थित जनक माध्यमिक विद्यालयको प्रांगणमा प्रदर्शन गरियो ।

नेपाली समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह, लागुपदार्थ दुर्व्यसन, साइबर अपराध तथा अरू समसामयिक सामाजिक विसंगतिलाई नाटकको प्रमुख विषयवस्तु बनाइएको थियो ।

जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीले नाटक अत्यन्तै समयसापेक्ष रहेको बताए ।

नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नाटक प्रदर्शन गर्नुको मुख्य कारण प्रस्ट पारिन् ।

‘आदि इत्यादि’को प्रस्तुति रहेको उक्त नाटकलाई रंगकर्मी तथा निर्देशक पुरु लम्सालले लेखेर निर्देशन गरेका हुन् ।

नाटकमा प्रभाकरदेव शर्मा, कमलमणि नेपाल, अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल, अञ्जु खड्कालगायत कलाकारले अभिनय गरेका थिए ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन