‘सुझबुझ’ मा सचेतनाका कुरा

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १४ गते । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गर्नुभएको हो ।

आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइएको छ ।

व्यस्तताका कारण अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो असर पर्छ भन्ने कुरालाई पनि नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरलाई उजागर गर्ने काम गर्छ । समाजमा चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु बनाइएको छ ।

नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरका कुराहरुलाई दर्शाउछ । समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु हो ।

सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको नाटकमा दिवाकार घिमीरे, सागर कार्की दीपमाला परियार, सेविता अधिकारी अञ्जु खड्का र रुबिन सुनुवारको अभिनय, संवाद र प्रस्तुति निकै प्रभावकारी छ । लम्सालको लेखन तथा निर्देशकीय पक्षलाई हेर्दा सामाजिक यथार्थ, मानवीय सम्बन्ध र समकालीन समस्यालाई कलात्मक ढंगले प्रस्तुत गर्ने विशेषता देखिन्छ ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन