पानीघट्ट पोखरामा पनि

लमजुङको परिवेशलाई लिएर तयार पारिएको नाटक ‘पानीघट्ट’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा मञ्चनका लागि छनोटमा परेको छ । पुरु लम्सालद्वारा लिखित/निर्देशित नाटक चैत्र १३ गते साझ ५ बजे पाेखरा थियटर, गैह्रापाटन पाेखरामा मञ्चन हुने भएको हो 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत ८ देखि १४ गतेसम्म पाेखरामा नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमासमेत छलफल हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए ।
मञ्जरी नाटय समूहमा आबद्ध १६ कलाकारले यसमा अभिनय गरेका छन् । गत वर्ष ‘फडके’ नाटक मञ्चनपछि  राम्राे प्रतिकृया पाएका  निर्देशक लम्सालले याे वर्ष ‘पानीघट्ट’  तयार पारेका छन् । ‘यसको कथा, विषयवस्तु, स्क्रिप्टलाई मन पराएर कोलकाताको फेस्टिबलमा समेत मन्चन गरिएको भइसकेको छ ।
‘नेपालमै लोपोन्मुख पानीघट्टलाई विषयवस्तु बनाएर लोकसंस्कृति ठाडोभाका समेतलाई जोगाउने प्रयास नाटकमार्फत गरेका छौं,’ निर्देशक लम्सालले भने, ‘यसमा १३ वर्षीय विप्लव बोहरादेखि ७० वर्षीय विष्णुभक्त अधिकारीसम्मले अभिनय गरेका छन् ।’

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न