समाज र संस्कृति जोड्न ‘फड्के’

लमजुङ । गाउँमा विकासकोे गति धिमा छ । समस्या एकातिर, परिस्थिती अर्कोतिर । चेतनाको स्तर उठ्न सकेको छैन । र पनि समाजमा धेरै प्रयासहरु भएका छन । जसोतसो मानिसहरुको जीवन चलिरहेको छ । समाजमा अनेक प्रकारका संस्कृति र परम्पराहरु छन, तर रङ्गमञ्चमा आउन सकेका छन । त्यही समाज र त्यहाँको संस्कृतिलाई जोड्दैछ नाटक फड्केले ।

नाटककार पुरु लम्सालको लेखन तथा निर्देशनमा मञ्जरी नाट्य समूह लमजुङले फड्के नाटक प्रर्दशन गर्न लागेको हो । भदौ १६ देखि १८ सम्म सञ्चालन भएको कार्यशाला र यही महिनाको १४ गतेदेखि भएको प्रशिक्षणबाट खारिएका कलाकारहरुले नाटक प्रस्तुत गर्ने भएका छन । ‘लामो समय रङ्गमञ्चमा काम गर्नुभएका अनुभवी प्रशिक्षक पायौं ।’, मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले भन्नुभयो, ‘सिकेको सीपलाई नबिगारी प्रस्तुत गर्नेछौं ।’ उहाँले समाजमा सचेतना जगाउन नाटक उपयोगी हुने बताउनुभयो ।

dscn0309
नाटकका लेखक तथा निर्देशक लम्सालले गुरुङ समुदायमा रहेको लाहुरे झार्ने संस्कृतिलाई नाटकमा देख्न पाईने बताउनुभयो । ‘समाजमा संस्कृतिहरु छन । यसको उजागर हुन सकेको छैन ।’, लम्सालले भन्नुभयो, ‘रङ्गमञ्चमा संस्कृति ल्याउने अभियानमा म लागेको छु ।’ उहाँले नाटकमा समस्या र समाधान एकैपटक पस्किने गरिएको र नाटकले दिएको समाधान समाजमा लागु हुनसक्छ की सक्दैन भन्नेतर्फ ख्याल गर्ने नगरिएको बताउनुभयो ।

आजभोली काठमाण्डौमा नाटक हेर्ने संस्कृतिको विकास हुँदै गएपनि मोफसलमा भने रङ्गमञ्चहरु बन्न सकेका छैनन । सिमित रुपमा सडक नाटक र केही स्टेज नाटक प्रस्तुत गरिने गरिएको छ । तर, मञ्जरी समूहले काठमाण्डौको रङ्गमञ्चकै शैलिमा नाटक प्रस्तुत गर्न लागिएको बताएको छ । सो संस्थाले माघको २१ र २२ गते जिल्ला विकास समितिको सभाहलमा नाटक प्रर्दशन गरिने जनाएको छ ।

करिब ७० मिनेट लामो नाटकमा २३ जना कलाकारहरुले अभिनय गर्ने भएका छन । सो नाटक मञ्चलनले मोफसलमा पनि रङ्गमञ्च जम्न सक्छ र कलाकारहरु व्यवसायिक बन्न सक्छन भन्ने सन्देश जाने निर्देशक लम्सालले बताउनुभयो ।

 

 

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न