ककनीमा आदिइत्यादिको ‘आह्वान’

ककनी, नुवाकोट। लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ। यस विशेष प्रस्तुति मार्फत विद्यालय तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गरिएको हो।

ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्य र आदिइत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, ककनीलाई लक्षित गरी प्रदर्शन गरिएको थियो। नाटक प्रदर्शनको मुख्य उद्देश्य लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपबारे विद्यार्थी र स्थानीय समुदायलाई सचेत गराउनु रहेको छ।

ककनी गाउँपालिका उपाध्यक्ष मिठ्ठु माया तामाङ ले कलाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सामर्थ्यमा जोड दिँदै भन्नुभयो, “कला समाज परिवर्तनको सशक्त माध्यम हो। १६ दिने अभियानको मौकामा हामीले विद्यालय र समुदायलाई लक्षित गरी ‘हिंसा सहने होइन, आवाज उठाउने हो’ भन्ने मूल सन्देश रहेको नाटक देखाएका छौँ। ‘आह्वान’ नाटकले सबैलाई हिंसाविरुद्ध एकजुट हुन प्रेरित गरोस् भन्ने हाम्रो अपेक्षा हो।”

करिब ५० मिनेट लामो सडकनाटकले समाजमा जरा गाडेका लैङ्गिक हिंसाका विभिन्न रूपहरूलाई सशक्त र मार्मिक कलात्मक शैलीमा उजागर गरेको छ। नाटकमा विशेषगरी घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, मानसिक यातना र डिजिटल युगमा बढ्दै गएको साइबर बुलिङजस्ता संवेदनशील विषयवस्तुहरूलाई समेटिएको छ ।

महेन्द्र मावि, चतुरालेका प्रधानाध्यापक शशि कुमार थपलिया ले सडक नाटकको प्रभावकारिताको प्रशंसा गर्दै भन्नुभयो, “सडक नाटक एकै पटक धेरै मानिसलाई सन्देश पुर्याउने र भावनात्मक रूपमा जोड्ने सशक्त माध्यम हो। यस्ता चेतनामूलक कार्यक्रमहरूले विद्यार्थीको सामाजिक संवेदनशीलता बढाउन मद्दत गर्छ।”

गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कविता काफ्ले ले चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “लैङ्गिक हिंसाको अन्त्यका लागि केवल कानुनको कार्यान्वयन मात्र पर्याप्त हुँदैन, सामाजिक चेतनाको स्तर उकास्नु पनि उत्तिकै जरुरी छ। युवा पुस्तालाई संवेदनशील बनाउन विद्यालयमा गरिएको यो नाटक प्रदर्शन निकै प्रभावकारी र समय सान्दर्भिक बनेको छ।”

वडा नम्बर ४ का वडा अध्यक्ष सोनाम लामाले नाटकले समुदायका सबै सदस्यहरूलाई हिंसा सहने होइन, हिंसाविरुद्ध एकजुट हुन र सकारात्मक सामाजिक परिवर्तनका लागि एकसाथ काम गर्न प्रेरित गरेको बताउनुभयो।

शिक्षिका लक्ष्मी अधिकारी ले सडक नाटक प्रदर्शनले विद्यार्थी र शिक्षकहरूमा गहिरो प्रभाव पारेको बताउनुभयो ।

स्थानीय शिक्षक एवं कवि सन्तोष सरिलले सडक नाटकले लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपहरू (घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, साइबर बुलिङ आदि) बारे विद्यार्थी र स्थानीय समुदायमा सचेतनाका लागि प्रभावकारी रहेको बताउनुभयो।

हिंसा पीडितले भोग्नुपर्ने शारीरिक चोट र मनोवैज्ञानिक पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै यसले दर्शकलाई हिंसाविरुद्ध मौनता तोड्न र कानुनी तथा सामाजिक उपचार खोज्नका लागि प्रेरित गरेको नाटक पुरु लम्सालको लेखन तथा निर्देशन रहेको छ भने नाटकमा कलाकारहरू सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अन्जना

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न