सर्वनाममा पुरु लम्साल निर्देशित नाटक ‘नौगेडी’

काठमाडौं । नाटक ‘नौगेडी’ को आशमा च्यान्टेकी भएकी मनमायाको रहरको कथा सुरु हुन्छ । नाटकले मनमाया, च्यान्टेको कथासंगै भारतमा आफन्तबाटै बेचिएकी मनमायाको ब्यथा, असल राजनीति गर्दागर्दै पनि चुनावमा परास्त भएका चन्द्रबहादुरको कथालाई नाटकले दमदार रूपमा प्रस्तुत गरेको छ ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक भदौ २७ शुक्रबार देखि सर्वनाम नाटकघरमा मञ्चन शुरु भएको छ । लोपोन्मुख काँठको घाँसे भाका र दुप्चेश्वर जात्रालगायत नुवाकोटको उपल्लो भेगमा बसोबास गर्ने तामाङ समुदायले विभिन्न जात्रापर्वमा नाच्ने बम्बो नृत्यले नाटकमा समावेश गरिएको छ।

नाटकले समाजको आस्था, विश्वास तथा सामाजिक–आर्थिक स्थितिलाई देखाउन खोजेको छ। सन्तान नहुँदाको नारी मन, पसलको निहुँमा महिलामाथि आँखा लगाउने पात्रको व्यथा र कथा पनि नाटकमा देखिन्छ ।

सुशीलसिंह ठकुरी, रिता थापा, आइपी आचार्य, बृहसमान सुनुवार, भिष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, अस्मिता बयलकोटी, रुवी सत्याल, जयराम तिमिल्सिना, समिर खनाल र राहुल श्रेष्ठको नाटमा अभिनय रहेको छ ।

तिलक राईको मञ्च परिकल्पना तथा निर्माण, दिवाकर घिमिरेको प्रकाश परिकल्पना, पास्लाक्पाको प्रकाश परिचालन, नारायण दंगालको संगीत रहेको नाटकमा सिद्धान्त परियार, लक्ष्मी स्याङ्तान, सुलभ डेक्स, डा.अशोक थापा, राजिन पनेरु, मञ्जु गिरी, आकाश जङ श्रेष्ठ, आईं.पी आचार्य लगायत नेपथ्यमा रहेका छन् । नाटक आगामी असोज १२ गते सम्म मञ्चन हुँनेछ।

http://freshnewsnepal.com/news-details/10278/2019-09-17

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन