बंगलादेशमा देउकाशी

राजधानी दैनिक,
काठमाडौं पुष २०

बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो ।

‘नाटक नेपाली भाषामा भए पनि हामीले धेरै कुरा बुझ्यौँ ।’ आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवम् बरिष्ठ बंगाली रंगकर्मी सोयव दुलालले भने ‘नेपाल कला र संस्कृतिमा धेरै अगाडी छ । बरिसालमा अहिलेसम्म कुनै नेपाली नाटक मञ्चन भएको छैन देउकाशीले एउटा इतिहास पनि बनाएको छ बरिसालमा ।’
‘नेपाली रंगकर्मीहरुको नाटकप्रतिको लगाव देखेर म नतमस्तक छु र बंगाली रंगकर्मीहरुलाई पनि नेपाली कलाकारहरुबाट सिक्न अनुरोध गर्दछु ।’ नाटक हेरेपछि आफ्नो प्रतिकृया दिँदै जिल्ला बाल प्रतिष्ठान, बरिसालका प्रमुख पंकज रोए चौधरीले भने ‘साँच्चै कलाको कुनै भाषा नहुने रहेछ । नेपाली नाटकले मन छोयो ।’

आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । ‘नेपालमा आयोजना भएका पछिल्ला केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा एकल नाटकका रुपमा मञ्चन भएको देउकाशी यो पटक पुर्नलेखन सहित मञ्चन भएको छ’, लेखक तथा निर्देशक पुरु लम्सालले भने ‘मैले केही पात्र थपेको छु र परिवेश पनि अलि पृथक बनाएको छु । लमजुङको बिकट गाउँ सिङ्दीको परिवेशमा तयार गरिएको नाटकमा अविवाहीत प्रौढ महिलाको मनोभावनालाई सुक्ष्म रुपमा केलाइएको छ ।’

आदिइत्यादिका अन्तराष्ट्रिय संयोजक एवम् नाटकका प्राध्यापक डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधी पात्र भएको बताए । नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलन बिचको द्वन्दलाई कलात्मक किसिमले उठाएको मात्रै छैन अन्तरजातिय विवाहले निम्त्याएको सांस्कृतिक बिचलन र त्यसको असरको मुद्धालाई नयाँ किसिमले उठान गरेको छ ।

देउकाशीमा सुशिलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आई.पी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।

https://rajdhanidaily.com/209943/

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन