अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा देउकाशी

थाहा खबर,
चैत २२, २०७४ काठमाडौं ।

स्थापनाकालको ३६औँ वर्ष पार गरेको सर्वनाम थिएटरले गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव बिहीबार सम्पन्न भएको छ। महोत्सवमा नेपाल, भारत, चीन, बंगलादेश, नेदरल्यान्ड, हङकङ, फ्रान्सलगायतका देशका नाट्यकर्मीहरूले एकल नाटक मञ्चन गरेर सहभागिता जनाएका थिए। १९ चैतबाट सुरु भएको महोत्सवमा पहिलो दिन ‘अतिरिक्त आकाश’, ‘द कोट’, ‘जम्प’ नाटक मञ्चन गरिएका थिए।
दोस्रो दिन ‘इला दिदी’, ‘सोनिटर हात’, ‘द चियर्स वेयर मुब्ड टु गिभ मि प्यासेज’, ‘पर्फरमेन्स विथ मास्क’ मञ्चन गरिए।

यस्तै, तेस्रो दिन ‘रेवती इवती सेवती’, ‘डिजायर’, ‘प्लेस मि सफ्टली अन द होराइजन’, ‘सेपक्कु द एन्जल्सी आर ब्याक’ मञ्चन भए।
बिहीबार अन्तिम दिनमा पुरू लम्सालको ‘देउकाशी’, ‘सिटी फ्लेस’ र अन्तिम सो ‘फिफ्टी इयर रिमेनिङ अन चेन्ज्ड’ मञ्चन भए।
नेपाली नाटकलाई विश्वसामु फैलाउने उद्देश्यका साथ महोत्सव गरिएको नाट्यकर्मी तथा सर्वनाम थियटरका अभियन्ता अशेष मल्लले बताए। उनले भने, ‘नाटकको क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ, युवाहरूको नाटक क्षेत्रमा प्रवेश गराइ नेपाली नाटकको थप उचाइमा पुर्‍याउन केही हदसम्म सफल भएका छौँ।’
चार दिनसम्म चलेको महोत्सवमा दर्शकको माया पाएको उनको अनुभव छ। आफ्नै लगानीमा यति ठूलो महोत्सव गर्न चुनौतीपूर्ण भए पनि महोत्सव उपलब्धिमूलक रहेको नाट्यकर्मी राज शाहले बताए। उनले भने, ‘हरेक वर्ष एकल नाटकको निरन्तरता दिने सोच छ। हेरौँ कहाँसम्म पुगिन्छ।’

https://thahakhabar.com/news/36299

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन