बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

नागरिक, आइतबार, २० पुष २०७६,

काठमाडौं– बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ।

योजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे।

आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख गरे। नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ।

साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ।

आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ।

https://nagariknews.nagariknetwork.com/news/110887/

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न