बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

दैनिक अनलाइन |
पुस २०, २०७६ आइतबार
बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो। आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख गर्नुभयो । नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ । साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ । आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ।

https://dainikonline.com/story/22016/2020/1/5/natak?fbclid=IwAR3cP4o81RlUuXYtIAoQ9Yn-WejSk7JEd3Vx_KrBpi0-Qc36A-SxKZVffQA

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न