Home » आदिइत्यादि » Page 2
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ मञ्चन गरिएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन गरिएको हो । विशेषगरी नेपाली समाजमा अझैपनि चुनौतीको रूपमा रहेका बालविवाह, […]
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १४ गते । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गर्नुभएको हो । आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको […]
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा आगामी जेठ १२ गते मञ्चन हुन लागेको नाटक ‘सुझबुझ’ को तयारी अन्तिम चरणमा पुगेको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो । लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् । समाजमा देखिँदै गएका जल्दाबल्दा र संवेदनशील समस्यालाई समेटेर तयार पारिएको […]
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हुन उक्त नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका हुन। आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो […]
लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सशक्त बनाउने उद्देश्यसहित नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न लक्षित यो नाटक आदिइत्यादि समूहले प्रस्तुत गरेको हो । ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, […]
काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई प्राज्ञ […]
काठमाडौँ, भदौ १३ गते । नेपाली साहित्यका युगपुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ मा आधारित नाटकको मञ्चन सुरु भएको छ । बर्सौंदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रङ्गकर्मी पुष्पराज अवस्थीको निर्देशन र पुरु लम्सालको नाट्य रूपान्तरणले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालिएको छ । पहाडी ग्रामीण जीवनको यथार्थलाई चित्रण गर्दै लेखिएको कथामा बाबुको देहवसानपछि […]
काठमाडौँ- नेपाली साहित्यका एक उत्कृष्ट कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ अब रंगमञ्चमा पुनर्जीवित भएको छ । वर्षौँदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रंगकर्मी पुष्पराज अवस्थीले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालेका छन् । मैनालीले पहाडी ग्राम्य जीवनको यथार्थलाई चित्रण गर्दै लेखेको यो कथामा बाबुको देहवसानपछि दुई दाजुभाइबीचको भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ । […]
२०८१ जेष्ठ २३ गतेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाट्य विभागको सहकार्यमा, पुरु लम्सालको अवधारणामा, विष्णु मोक्तानको लेखन तथा सुशीलसिंह ठकुरीको निर्देशनमा सांस्कृतिक नाटक “नाम्गेलको गाउँ” मञ्चन भएको थियो। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जनजागरणको सशक्त माध्यमको रूपमा अघि बढाउनुपर्ने आवश्यकता […]
नाटक मञ्चनमा कमी आइरहेको समयमा राजधानीमा नाम्गेलको गाउँ नामक नाटक देखाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार साँस्कृतिक नाटक नाम्गेलको गाउँ देखाइएको हो। नाटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। दुुई समुदायको उत्पीडनको कथा बोलेको नाम्गेलको गाउँले शासक […]