दैलेख, बैशाख १७
दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो ।
पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा पुग्ने बताउनु भयो । सानासाना भाइबहिनीहरुलाई पढ्ने बानीको विकास गर्न पुस्तकालयले मद्दत गर्ने बताउँदै लम्सालले सामुदायीक विद्यालयहरुमा पुस्तकालय अनिवार्य बनाउनु पर्ने धारण ब्यक्त गर्नु भयो । विशिष्ट अतिथी दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भन्डारीले यस्ता कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउँदै हामीले राजनितिक आग्रहपुर्वाग्रह भन्दा माथी उठेर सामाजिक काममा सिरक हुनुपर्न बताउनु भयो । विशिष्ट अतिथी रङ्गकर्मी नाटककार एवम् आदिइत्यादिका अध्यक्ष पुरु लम्सालले आदिइत्यादि समुहले प्रत्येक बर्ष बिकटमा रहेका सामुदायीक विद्यालयलाई पुस्तक प्रदान गर्ने कार्य गर्दै आएको र त्यसैको निरन्तरता सूर्योदय मा.वि लाई पुस्तक वितरण गरिएको बताउनु भयो । आदिइत्यादि समुहले करिब २५०० पुस्तक सङ्कलन गरेर हस्तान्तरण गरेको जानकारी दिँदै लम्सालले किताव सङ्कलनमा तथा खरिद गर्न सहयाेग गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्नु भयो । कार्यक्रम मा बोल्दै पुस्तकालय अभियान्ता तथा सूर्योदय मा. वि का भुतपूर्व बिद्यार्थी लक्ष्मीप्रसाद लम्सालले आगामी दिनमा पुस्तकालय स्थापनाले विद्यार्थी तथा शिक्षकमा सिकाइको राम्रो बाताबरण सिर्जना हुने बताउनु भयो । दुल्लू नगरपालिकाका नगर शिक्षा अधिकारी ज्ञानमणि नेपालले नबराज लम्साल जस्तो ब्यक्ति यस क्षेत्रको शैक्षिक विकासमा लाग्नु खुसीको कुरा भएको र हामीले हजारौं नवराज लम्साल जन्माउन सकिने बताउनु भयो । विद्यालयका प्र अ राजेन्द्रप्रसाद लम्सालले यस कार्यले विद्यालय परिवार खुसी भएको र आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताउनुु भयो । वडा नं १२ का अध्यक्ष झुपाराम लम्सालले पुस्तकालयलाई व्यवस्थित गर्न स्थानिय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमको अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्तोषी लम्सालले पुस्तकालयलाई प्रदान गरिएको पुस्तकहरुको सदुपयोग हुने बताउँदै यस अभियानका सबै अभियान्तालाई हार्दिक धन्यवाद दिनु भयो । कार्यक्रममा विविध सांस्कृतिक झाँकीहरु सहित अतिथिहरुको स्वागत गरिएको थियो ।[:]