नुवाकाेटमा नयाँमीत

१६ जेठ २०७६ पञ्चकन्या गाउँपालिका नुवाकोटको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक नयाँमीत पञ्चकन्या गाउँपालिकाको बिभिन्न स्थानमा जेठ १२ गतेदेखि जेठ १६ गतेसम्म प्रर्दशन भएको छ । नाटक हेरेपछि प्रतिकृया दिँदै सङ्घीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङले भन्नु भयो, समाज रुपान्तरणकालगि जनचेतना जगाउने सबैभन्दा प्रभावकारी माध्यम नाटक हो । समाजमा जनचेतना जगाउने यस किसिमका […]
लम्सुमा आदिइत्यादिकाे पुस्तकालय फाेटाे फिचर

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा आदिइत्यादिले सूर्योदय पुस्तकालय स्थापना गरेकाे छ । करिब ६०० विद्यार्थी रहेकाे विद्यालयमा पुस्तकालय स्थापनापछि विद्यार्थीहरुले आफूलाई मन परेकाे पुस्तक पढ्न पाउने भएका छन् । [:]
आदिइत्यादिकाे सहयोगमा पुस्तकालय

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा […]
भूकम्पले भत्केको सपना

फाल्गुन २९, २०७५ सुर्खेत — च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो । ५ दिनका लागि ऊ अर्को गाउँमा लुगा सिलाउन गएको हुन्छ । […]
बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले

काठमाडौं, २९ असाेज — नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ । नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ । नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत […]
नुवाकाेटकाे नाैगेडी बंगलादेशमा

October 5, 2018 बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ । आदि इत्यादिका अन्तर्राष्ट्रिय […]
‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक […]
दुप्चेकाे कथा बङ्गलादेशमा

काठमाडौं, ७ कात्तिक । नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार सा“झ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक […]
नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर

बंगली दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । दर्शकले हरेक दृश्यमा ताली मात्रै बजाएनन् नाटककाे अन्तमा अाँसु समेत बगाए । […]
बङ्गलादेशमा ‘नौगेडी’ मञ्चन हुने भिडियाे सहित

बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक […]